Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बहुमुखी सहकारीले स्थापना दिवसमा अक्षयकोष स्थापना
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बहुमुखी सहकारीले स्थापना दिवसमा अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
बहुमुखी सहकारीले स्थापना दिवसमा अक्षयकोष स्थापना
60
SHARES
ShareTweet

बुटवल २७ कार्तिक
भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसर पारी अक्षयकोष स्थापना गरेको छ ।
संस्थाको २२ औं स्थापना दिवसको अवसर पारेर सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा रहेको बिन्ध्यवासिनी मिसुजु निम्न माध्यमिक बिद्यालयको लागी अक्षयकोष स्थापना गरिएको हो । बिद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले अक्षयकोष स्थापन गरिएको कार्यक्रम संयोजक लक्ष्मण ज्ञवालीले जानकारी दिनु भयो । उहांले अहिले अक्षयकोष स्थापना बापत २५ हजार रुपैया बिद्यालयलाई प्रदान गरिएको बताउनु भयो ।
स्थापना दिवस तथा अक्षयकोष हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाको उप मेयर उमा काफ्लेले अहिले सहकारीहरु आफ्नो मूल उद्देश्यबाट भटकिदै गएको बताउनु भयो । उहांले सहकारीहरु बचत संकलन तथा ऋण प्रवाहमा मात्र केन्द्रित गएको अवश्थामा नेपाल बहुमुखी सहकारीले नाम अनुसारको काम गरेकोमा खुशी ब्यक्त गर्नु भयो । भैरहवामा कृषि कार्य हराउदै गएको अवश्थामा सहकारीले पुष्प खेती लगायत कृषि कार्यमा लगानी गर्नु सहकारीको मुल मर्म अनुसार रहेको उहांले बताउनु भयो ।
२०५४ सालमा स्थापना भएको नेपाल बहुमुखी सहकारी संस्थामा ४ सय ५२ जना शेयर सदस्य र २२ जना बाल सदस्य गरि ४ सय ७४ जना सदस्य रहेको सहकारीकी ब्यवस्थापक लक्ष्मी अर्यालले जानकारी दिर्नु भयो । यस्तै सहकारीको शेयर पूजिं १ करोड ७४ लाख ५० हजार १ सय र बचत २ करोड २१ लाख ५९ हजार ७ सय ४९ रुपैया रहेको अर्यालले बताउनु भयो । सहकारीले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा जग्गा भाडामा लिई ब्यवसायीक कृषि परियोजना समेत सञ्चालन गरि रहेको छ ।
सहकारीका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी, सहकारीका पूर्व अध्यक्ष भाष्कर आत्रेय, बिन्धवासिनी मिसुज निमाविका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामवृक्ष अहिर, प्रधानाध्यापक चर्तुभुज रेग्मी लगायतले धारणा राख्नु भएको थियो ।

≪ Previous Post

होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने

Next Post ≫

महिलालाई आत्मनिर्भर बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क