Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महिलालाई आत्मनिर्भर बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिलालाई आत्मनिर्भर बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
महिलालाई आत्मनिर्भर बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण
60
SHARES
ShareTweet


बुटवल २७ कात्तिक
एनएमबी बैंकले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तीन महिने व्यावसायिक प्रशिक्षण सुरु गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनएमबी बैंक मणिग्राम शाखाले महिलाहरुलाई सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरेको हो । मणिग्राममा बुधबारदेखि सुरु भएको तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५, ६ र ९ का वडाअध्यक्षले संयुक्त रुपमा गर्नु भएको हो ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेले सीपलाई सदुपयोग गरी व्यवसाय सञ्चालन गर्न सकिने उल्लेख गर्दै तालिम केवल तालिमका लागि मात्र लिन नहुने बताउनु भयो । सीप सिकेर आत्मनिर्भर र स्वरोजगार बन्न सकेमात्रै तालिमको उपयोगिता सार्थक हुने उहांले बताउनु भयो ।
तिलोत्तमा वडा नम्बर ५ का वडाअध्यक्ष चेतनारायण भण्डारीले महिलाहरुलाई आय आर्यजनमा लगाउन नगरपालिकाले पनि सहयोग गरिरहेको भन्दै सीप सिकेर व्यवसाय गर्न चाहनेलाई न्यून ब्याजदरमा बीउ पुँजीको व्यवस्था नगरपालिकाले गरिदिने बताउनु भयो ।
वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले खाली समयलाई सदुपयोग गरेर सीपमुलक तालिम प्रदान गर्दा महिलाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एनएमबी बैंकका संस्थापक एवं समाजसेवी रोमणिप्रसाद पाठकले सीपमूलक तालिम लिएपछि व्यवहारमा त्यसको उपयोग हुनुपर्ने भन्दै व्यवसाय गर्न चाहनेलाई पैसाको अभाव नहुने बताउनु भयो । बैंकका प्रदेश पाँच कार्यालयका प्रमुख सुरेन्द्रमान महर्जनले बैंकले सामाजिक क्षेत्रमा पनि आफूलाई अग्रणी बनाएको उल्लेख गर्दै महिलाहरु स्वरोजगार भएमात्रै आर्थिक समृद्धिको नारा सार्थक हुने बताउनु भयो ।
बैंकका प्रदेश प्रवन्धक कमल न्यौपानेले बैंकले सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउँदै आएको भन्दै आगामी दिनमा सामाजिक उत्तरदायित्वको क्षेत्रलाई अझ बिस्तार गरेर लैजाने बताउनुभयो । बैंकका मणिग्राम शाखा प्रमुख युवराज पाठकले स्थानीय सरकारसँगको सहकार्यमा महिलाहरुलाई तीन महिने सिलाईकटाई तालिम प्रदान गर्न सुरु गरिएको भन्दै आगामी दिनमा तालिम लिएका महिलाहरु व्यवसायी बनेको हेर्न चाहेको बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र पाण्डे, व्यावसायिक तालिम प्रशिक्षण केन्द्र मणिग्रामकी संयोजक सुनिता कार्कीलगायतले तालिमलाई फलदायी बनाउन सबैलाई आग्रह गर्नु भएको छ । तालिममा तिलोत्तमा वडा नम्बर ५, ६ र ९ का ३० जना महिला सहभागीता रहेको छ ।

≪ Previous Post

बहुमुखी सहकारीले स्थापना दिवसमा अक्षयकोष स्थापना

Next Post ≫

काँग्रेसकै कारण कम्युनिष्टले दुई तिहाई ः काँग्रेस महामन्त्री कोइराला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क