Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसकै कारण कम्युनिष्टले दुई तिहाई ः काँग्रेस महामन्त्री कोइराला
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

काँग्रेसकै कारण कम्युनिष्टले दुई तिहाई ः काँग्रेस महामन्त्री कोइराला

संसारपोस्ट संवाददाता · २७ कार्तिक २०७६ · 0
काँग्रेसकै  कारण कम्युनिष्टले दुई तिहाई ः काँग्रेस महामन्त्री कोइराला
100
SHARES
ShareTweet

बुटवल, २७ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्टलाई लिस्नो दिएर बैतर्नी तार्ने काँग्रेस आफ्नै कारणले कमजोर भएको बताउनु भएको छ । उहाँले कम्युनिष्टसंग सहकार्य गर्ने काम राम्रो नभएको बताउँदै काँग्रेससंगकै सहकार्यका कारण अहिले कम्युनिष्टले दुई तिहाईको सरकार बनाएको उल्लेख गर्दुभयो ।

मुलुकको परिवर्तन र बिकासमा काँग्रेसको ठूलो योगदार रहेको स्मरण गर्दै महामन्त्री कोइरालाले कम्युनिष्ट सरकारको काम आगामी उपनिर्वाचनले मापन गर्ने बताउनु भयो । आगामी उपनिर्वाचन सरकारकालागि लिटमस टेष्ट भएको बताउँदै उपनिर्वाचनले सत्ता परिवर्तन नगराएपनि सरकारका काम सही छ की गलत छ भनेर मापन गर्ने उल्लेख गर्नुभयो ।

महामन्त्री कोइरालाले सरकारले संविधान कार्यान्वयनमा आनाकानी गरिरहेको बताउँदै संविधान प्रदत्त अधिकारलाई पनि केन्द्रीकृत गर्ने र जनतालाई कर थोपर्ने काम गरेकाले पनि उपनिर्वाचनमा काँग्रेसले जित्ने दावी गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचको प्रथम परिषद बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै अव पार्टीमा पनि युवालाई आरक्षणको व्यबस्था गर्नुपर्ने बताउनु भयो । पार्टीमा युवा नेता ज्यादै कम भएको बताउँदै आरक्षणको व्यबस्था गरेर भएपनि युवालाई ल्याउनु पर्ने भनाई राख्नुभयो । उहाँले काँग्रेसमा आन्तरिक एकता हुन सक्ने हो भने कसैले पनि हराउन नसक्ने दावी गर्दै पार्टीको आन्तरिक एकतामा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता बेचेका कारण नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा राख्ने दुस्साहस गरेको दावी गर्नुभयो । उहाँले मुलुकको शासन व्यबस्था लोकतान्त्रिक भएको र कम्युनिष्टले शासन गरेका कारण मुलुकको अवस्था बिग्रिदै गएको टिप्पणी गर्नुभयो । मुलुकलाई सुदृण गर्न र लोकतन्त्रलाई बचाउनकालागि पनि पार्टीमा आन्तरिक एकता कायम हुनु पर्ने उहाँको भनाई थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र यादवले पार्टीको अन्तरद्वन्द्वले ट्रेड युनियनमा पनि असर गरेको बताउँदै पार्टीको अन्तरद्वन्द्व हटाउन पार्टी नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले मुलुकको समृद्धिकालागि लगानीको वातावरण र मजदुरलाई काम गर्ने बातावरण हुनुपर्ने बताउँदै ट्रेड युनियनमा समेत जवरजस्तीका सदस्यका कारण संस्थालाई समेत कमजोर बनाउने काम गरेको उल्लेख गर्नुभयो ।

प्रदेश अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरु तेजेन्द्र कार्की, ललित श्रेष्ठ, उपमहासचिव गणेश केसी, निर्माण तथा सम्वद्ध श्रमिक संघका अध्यक्ष जेवि गुरुङ, नेपाल शिक्षक संघका महासचिव शोमनाथ गिरी, नेपाली काँग्रेस क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल ट्रेड युनियन काँग्रेस महिला समितिकी केन्द्रीय सचिव कविता अर्याल, ट्रड युनियन काँग्रेसका प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, नेपाल व्यूटिसियन संघकी प्रदेश अध्यक्ष विष्णु थापा लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

महिलालाई आत्मनिर्भर बनाउन एनएमबीद्वारा व्यावसायिक प्रशिक्षण

Next Post ≫

लायन्स क्लव अफ सिद्वबाबाद्धारा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क