बुटवल, २८कार्तिक
आगमी मंसिर १ गतेबाट लुम्बिनीमा आयोजनामा हुन लागेको लुम्बिनी न्यूज फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी प्रेस क्लव रुपन्देहीको आयोजनामा ३ दिने न्यूज फेस्टिवल हुंदै छ । फेस्टिवलबारे बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले ९० प्रतिशत तयारी पुरा भएको जानकारी गराउनु भयो् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश पांचका उपाध्यक्ष भरत केसीले फेस्टिवललाई मर्यादीत र व्यवस्थित बनाउने दायित्व सबैको भएको बताउनु भयो । पत्रकारिताको मोफसलको रुपमा चिनिने रुपन्देहीलाई अब बलियो बनाउन पनि फेस्टिवललाई सफल बनाउनु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डेले पत्रकारितामा रुपन्देहीलाई राजधानीको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि गुणस्तरीय पत्रकारिता आवश्यक रहेकोमा जोड दिनु भयो ।
आगामी मंसिर १ देखि ३ गतेसम्म लुम्बिनीमा हुने न्यूज फेस्टिवलमा नेपालका राष्ट्रिय पत्रिकाका सम्पादक, टेलिभिजन तथा अनलाइनका सम्पादकहरु र नेपालस्थित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।