Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भूमिको रक्षाका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेनाको टुकडी राख्नुपर्छ: काँग्रेस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भूमिको रक्षाका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेनाको टुकडी राख्नुपर्छ: काँग्रेस

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0
भूमिको रक्षाका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेनाको टुकडी राख्नुपर्छ: काँग्रेस
120
SHARES
ShareTweet

बुटवल, २८ कात्तिक
नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्न नेपाली काँग्रेसले सरकारसंग माग गरेको छ । भूमिको रक्षा नेपाली जनताको स्वाभिमान र राष्ट्रियताको सवाल पनि भएकाले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र नेपाली जनताको स्वाभिमान रक्षाकालागि पनि अतिक्रमित भूमिमा नेपाली सेनाको टुकडी राख्न नेपाली काँग्रेसले आग्रह गरेको हो । नेपाली काँग्रेसको भातृ संस्था थारु संघ रुपन्देही र किसान संघ रुपन्देहीले बिहिबार रुपन्देहीको सुद्धोधन गाउँपालिका फर्साटिकरमा आयोजना गरेको भारतीय हेपाहा प्रबृत्ति र सरकारको मौनता बिरुद्धको प्रदर्शनमा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले भारतले आफ्नो नक्सामा पारेको अतिक्रमित भूमि लिपेलेक, लिम्पियाधुरा र कालापानीमा तत्काल नेपाली सेनाको टुकडी राख्नुपर्ने पार्टीको प्रष्ट माग रहेको जानकारी गराउनु भएको हो ।
उहाँले भूमि अतिक्रमण हुँदासम्म पनि सरकारको मौनताले राष्ट्रियताको उपहास भएको बताउँदै खोक्रो राष्ट्रियताको जगमा बनेको ओली सरकारले राष्ट्रियता बेचेका कारण नेपाली भूमि अतिक्रमणको दुस्साहस गरेको आरोप लगाउनु भयो ।
बिरोध कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रमा अर्यालले नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बसेकाले सरकारको बिरोधमा उत्रिनुपरेको बताउँदै दुई तिहाईको बलमा बसेको भएपनि ईतिहासकै कमजोर सरकार बनेको उल्लेख गर्नुभयो । उहाँले दुई तिहाईको शक्तिशाली सरकारले राम्रा काम गर्ने भन्दा पनि काण्डै काण्डमा फसेको समेत आरोप लगाउनु भयो ।
त्यस्तै अर्की प्रदेश सभा सदस्य पुष्पा थरुनीले भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको बताउँदै आफ्नो भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बस्नु गम्भिर बनएको औंल्याउनु भयो ।
कार्यक्रममा थारु संघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, किसान संघ रुपन्देहीका अध्यक्ष गिरीराज पाठक, थारु संघकी उपाध्यक्ष शरिता चौधरी लगायतले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले भारतले हेपाहा प्रतित्ति देखाएर आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको बताउँदै भूमि फिर्ता नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताउनु भएको थियो ।

≪ Previous Post

कृषिमा उत्पादकत्व वृद्धि गर्न किसानलाई गहुँको बिऊमा तिनपाद्धारा ४० प्रतिशत अनुदान वितरण शुरु

Next Post ≫

लुम्बिनी फेस्टिवलको तयारी अन्तिम चरणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क