Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कृषिमा उत्पादकत्व वृद्धि गर्न किसानलाई गहुँको बिऊमा तिनपाद्धारा ४० प्रतिशत अनुदान वितरण शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कृषिमा उत्पादकत्व वृद्धि गर्न किसानलाई गहुँको बिऊमा तिनपाद्धारा ४० प्रतिशत अनुदान वितरण शुरु

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0
कृषिमा उत्पादकत्व वृद्धि गर्न  किसानलाई गहुँको बिऊमा तिनपाद्धारा ४० प्रतिशत अनुदान वितरण शुरु
140
SHARES
ShareTweet


बुटवल २८ कार्तिक
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरुगरिएकोे छ ।
नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो ।
नगरपालिकाले गत वर्ष पनि गहुँको बिऊमा ४० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिऊमा अनुदान दिइएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । किसानबाट माग परिमाण संकलन गरेर भलबारी दल्का स्थित कृषि सेवा केन्द्रमार्फत् बिऊ वितरण गरिएको हो ।
नगरपालिकाले यसअघि सूचना जारी गरी आफूलाई चाहिने गहुँको बिऊको विवरण वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो । नगरपालिकाले भृकुटी, आदित्य, विजय, एनएल, गौतम जातको उन्नत गहुँको बिऊ उपलब्ध गराएको हो ।
बिहिबार भलबारी स्थित कृषि सेवा केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. ११ मृगौलीका किसान विश्राम कुँवर र रामलगन यादवलाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गर्नुभयो । गहुँ वितरणको व्यवस्थापन कृषि शाखा र कृषि व्यवसाय प्रवद्र्धन समितिको सहकार्यमा भएको छ । गत वर्ष ५२ मेट्रिक टन गहुँको बिऊ वितरण गरिएकोमा यस वर्ष १४५ मेट्रिक टन माग रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।
नगर उप–प्रमुख जागेश्वरी चौधरीले बिऊको सदुपयोग गरी कृषि उत्पादन बढाउन किसानहरुलाई आग्रह गर्नुभयो । गत वर्ष अनुदानमा उन्नत जातको बिऊ दिएकाले गहुँ उत्पादन २० प्रतिशतले बढेको कृषि शाखा अधिकृत जीवन आचार्यले बताउनुभयो । तिलोत्तमाको वडा नं. १३, १४, १६, १७ मा गहुँको उत्पादन बढी हुने गरेको छ । कार्यक्रम वडा नं. ७ का कार्यवाहक अध्यक्ष देविलाल पंगेनीको अध्यक्षतामा भएको हो ।

≪ Previous Post

लायन्स क्लव अफ सिद्वबाबाद्धारा मधुमेह स्वास्थ्य उपचार केन्द्र स्थापना

Next Post ≫

भूमिको रक्षाका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेनाको टुकडी राख्नुपर्छ: काँग्रेस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क