Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ को बुटवलमा आधुनिक कृषि उपज केन्द्रको डीपीआर तयार,नेदरल्याण्डस्को लगानी भित्रयाउन पहल शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ को बुटवलमा आधुनिक कृषि उपज केन्द्रको डीपीआर तयार,नेदरल्याण्डस्को लगानी भित्रयाउन पहल शुरु

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0
प्रदेश ५ को बुटवलमा आधुनिक कृषि उपज केन्द्रको डीपीआर तयार,नेदरल्याण्डस्को लगानी भित्रयाउन पहल शुरु
140
SHARES
ShareTweet

बुटवल, १५ कात्तिक
रुपन्देहीको बुटवल र सैनामैना नगरपालिकाको बीच भागमा बन्न लागेको प्रदेश पाँचको आधुनिक कृषि उपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
बुटवल उपमहानगरपालिका १६ र सैनामैना नगरपालिका १, को बीचभागमा पर्ने डहरगाउँ र सैनामैनाको कर्साघाट क्षेत्रमा ३० बिगाह क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको यो आधुनिक कृषि उपज केन्द्र हो ।
दुई अर्ब चार करोड ४३ लाख रुपैंयाँ लागत अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको यो केन्द्रबाट कृषि उपजको संकलन, भण्डारण, प्रशोधन र बिक्री वितरणका साथै एग्रोटुरिजमको समेत प्रवद्र्धन हुनेछ ।
संघीय सरकार अन्तरगतको कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रले ६ महिना लगाएर विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको हो । यस्लाई संघीय सरकारको विभागीय मन्त्रालयले मेगा प्रोजेक्टका रुपमा लिंदै सोही अनुरुप लगानीका स्रोत खोज्ने बताएको छ ।
प्रस्तावित आधुनिक कृषि उपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) संगै प्रारम्भिक चरणको अध्यय्न पूरा भएसंगै लगानीका स्रोतको खोजी तीव्र पारिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले संघ, प्रदेश, स्थानीय तहका साथै निजी र सहकारी क्षेत्रकोसमेत सहकार्यमा लगानी गर्ने वातावरण बनाइने बताउनुभयो ।
प्रमुख सुवेदीको नेतृत्वमा सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार संजेलसहित वरिष्ठ इन्जिनियर, उक्त क्षेत्रमा पर्ने वडाका अध्यक्षसहित जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र नागरिक अगुवाले शुक्रवार संयुक्त रुपमा साइड भिजिट गर्दै मेगाप्रोजेक्टलाई सफल बनाउन सबैले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाउनु भएको छ ।
बजारका संरचना बनाउन एक अर्ब ६५ करोड लगाइने छ । जसमा विभिन्न ३४ वटा ब्लक निर्माण गरिने छ ।
त्यसमा विभिन्न ६ वटा गोदाम घर बन्नेछन् । केन्द्रभित्रै अस्पताल, गेष्ट हाउस, शौचालय, धर्मकाँटा, क्वारेन्टाइन चेकपोष्टदेखि थोक र खुद्रा सामानका अलग–अलग सटरहरु बन्नेछन् ।
एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम रहनेछ ।
५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर बन्ने छ ।
यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिनेछ । पशुजन्य बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्ने छ । तीन वटा जीउदो माछा बिक्रीकेन्द्र बन्नेछन् । एक सय मेट्रिक टन जोख्न सक्ने दुई वटा धर्मकाँटा राखिने छ ।
केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण उत्पादनको खरिद बिक्रीको व्यवस्था मिलाइनेछ । उत्पादित कृषि उपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिनेछ ।
बजार मूल्य वृद्धि हँदा किसानले आफै गोदामबाट बाहिर निकालेर व्यापारीलाई बिक्री गर्न सक्ने कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार संजेलले बताउनुभयो । उहाँका अनुसार बजार, गोदाम, प्रशोधन केन्द्र सहकारीमा आधारित हुनेछन् ।
केन्द्रमा बिक्री हुन नसकेका कृषि उपज र पशुपन्छी प्रशोधन गरिने छ । त्यसलाई मूल्य शृंखलामा आधारित अर्को प्रकारका उत्पादन गरी बिक्री गर्ने व्यवस्था गरिने छ । त्यसका लागि होलसेल सटर एक सय ३७ र रिटेल सटर ५४ वटा बनाइने छ । सुबिधाका लागि बजारभित्रै प्रटोलपम्प रहनेछ । गेष्टहाउससहितको एक होटल र एक चमेनागृह तथा पाँचवटा शौचालयको समेत प्रस्ताव गरिएको छ ।
डिपिआर लगत्तै चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मुल्यांकन गरिने छ । उक्त काम ६ महिनाभित्र सकी चालु आर्थिक वर्षमै निर्माण प्रक्रिया थाल्ने योजना रहेको प्रमुख संजेलले बताउनुभयो ।
डिपिआरसँगै पाँच वर्षमा निर्माण सक्नेगरी पञ्चवर्षीय गुरुयोजना समेत निर्माण गरेको छ । यसमा संघीय सरकार, प्रदेश र स्थानीय तहले लगानी गर्ने प्रस्ताव गरिएको छ । केही समयअघि भएको लगानी सम्मेलनमा नेदरल्याण्ड सरकारले कृषि क्षेत्रमा १६ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो ।
ठूला किसानदेखि एउटा काक्रो र एक मुठा सागसम्म खेतबाटै संकलन गरी बजारसम्म पु¥याउने जिम्मेवारी बजारलाई दिनेगरी प्रस्तावना तयार भएको छ । बिचौलियाबाट हुँदै आएको कृषि उत्पादनमाथिको नियन्त्रण किसानलाई दिन यसो गरिएको हो ।
संघीय सरकारले गत आर्थिक वर्षको बजेटमा ७ वटै प्रदेशमा यस्ता बजार बनाउने योजना ल्याएको थियो । त्यसको नमुनाका रूपमा बुटवलमा कृषि बजार निर्माण हुदैछ । केन्द्र बन्ने वडाका अध्यक्ष रामप्रसाद रेग्मीले नमुना कृषि उपज केन्द्रको निर्माणले यसक्षेत्रको मुहार फेरिने बताउनुभयो ।

≪ Previous Post

दशैं तिहारको एक महिनामा प्रदेश पाँचमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु

Next Post ≫

जनताका आबस्यकता बुझने पार्टीको मात्र भविस्य उज्जवल हुन्छ डा. शेखर कोइराला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क