Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दशैं तिहारको एक महिनामा प्रदेश पाँचमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दशैं तिहारको एक महिनामा प्रदेश पाँचमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0
दशैं तिहारको एक महिनामा  प्रदेश पाँचमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु
120
SHARES
ShareTweet

बुटवल, १५ कात्तिक
प्रदेश पाँचमा विगत एक महिनामा सवारी दुर्घटनामा परि४५जनाले ज्यान गुमाएका छन् । गत असोज १२ गते बिजयादशमीको घटस्थापनाको दिनदेखि यहि कात्तिक १३ गतेसम्म एक महिनाको अवधिमा प्रदेश पाँचका बिभिन्न स्थानमा १७३ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर ३६ जना पुरुष, ७ जना महिला तथा २ बालबालिका गरी ४५ जनाको ज्यान गएको पाँच नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको तथ्यांकमा उल्लेख गरिएको छ ।
असोज १२ गते घटस्थापनादेखि २६ गते पुर्णीमासम्म प्रदेशमा ९६ वटा सवारी दुर्घटनामा परि २७ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दीपावलीको पहिलो दिन कात्तिकको ९ गतेदेखि यमपञ्चकको अन्तिमदिन १३ गतेसम्म ५ दिनको अवधिमा ३९ दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी बिजयादशमी र दीपावलीको बिचको समय असोज २७ देखि कात्तिक ८ गतेसम्म १२ दिनको अवधिमा ३८ सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएको पाँच नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामप्रकाश शाहले जानकारी दिनुभयो । तथ्यांक हेर्दा सामान्य समयमा भन्दा चाड पर्वको समयमा बढी दुर्घटना भएको देखिएको छ ।
प्रदेश पाँचका १२ जिल्ला मध्ये यस अवधिमा सबैभन्दा बढी रुपन्देहीमा ३९ वटा र सबैभन्दा कम पूर्वी रुकुममा एउटा मात्रै सवारी दुर्घटनामा परेका छन् ।

चाड पर्वको समयमा छिटो पुग्नकालागि सवारी साधनको गति बढाउने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, दुई पाङ्ग्रे मोटर साईकलले सिट क्षमता दुई जना भन्दा बढी सवारी राखेर चलाउने गरेका कारण दुर्घटना बढी हुने गरेको उहाँले बताउनु भयो । प्रहरीका अनुसार मोटरसाईक तथा स्कुटी बढी दुर्घटनामा परेका छन् भने मृत्युको संख्या पनि मोटर साईकल तथा स्कुटीमा यात्रा गर्ने बढी रहेको प्रवक्ता शाहले बताउनु भयो ।
तुलनात्मक रुपमा अंघिल्ला वर्षमा भन्दा दुर्घटना संख्या बढी देखिएको छ । सडकमा सवारीको चाप बढेकाले दुर्घटनाको संख्या पनि बढी देखिएको उहाँले बताउनु भयो ।
यसै अवधिमा सवारी कारवाहीबाट प्रहरीले ७९ लाख ४१ हजार रुपैंया राजश्व संकनलन गरेको छ । असोज १२ गतेदेखि कात्तिक १३ गतेसम्मको अवधिमा ट्राफिक नियम बिपरित सवारी सञ्चालन गर्ने ट्रक, बस, जिप, कार, भ्यान, ट्रयाक्टर, मोटरसाईकल, टेम्पो गरी १३ हजार ३२२ वटा सवारी साधन कारवाहीमा परेका थिए । जसमा सबैभन्दा बढी ४ हजार ७९६ वटा दुई पाङ्ग्रे मोटरसाईलक तथा स्कुटी कारवाहीमा परेका छन ।

≪ Previous Post

पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै छट पर्व मनाइदै

Next Post ≫

प्रदेश ५ को बुटवलमा आधुनिक कृषि उपज केन्द्रको डीपीआर तयार,नेदरल्याण्डस्को लगानी भित्रयाउन पहल शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क