बुटवल । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहराहरु हटाउने अभियान शुरु गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहराहरु हटाउने अभियान शुरु गरेको हो । घरटहरा हटाउने अभियानअन्तरगत आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ […]