Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग ट्याँकर व्यवसायीकोे माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग ट्याँकर व्यवसायीकोे माग

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0
ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग ट्याँकर व्यवसायीकोे माग
90
SHARES
ShareTweet

बुटवल । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याँकर व्यवसायीहरुले समय सापेक्ष ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग माग गरेका छन् ।
पश्चिमाञ्चल ट्याँकर व्यवसायी समितिको १६ औं वार्षिक साधारण सभामा बोल्दै ब्यवसायीहरुले नेपाल आयल निगमले बटम लोडिङ प्रणालीबाट ढुवानी गर्नुपर्ने प्रावधान लागु गर्दा व्यवसायीको प्रति ट्याँकर लाखौं अतिरिक्त खर्च हुने भएकाले भाडा दर समायोजन नगरे व्यवसायी संकटमा पर्ने बताए ।
सो अवसरमा नेपाल आयल निगम प्रादेशिक डिपो भलबारीकी प्रमुख कमला न्यौपानेले वातावरणीय संरक्षण र ढुवानीका क्रममा हुने नोक्सानी रोक्न इण्डियन आयल कर्पोरेसनले यो प्रणाली अनिवार्य गरेकाले नेपाल आयल निगमले पनि लागु गर्नुपर्ने वाध्यता रहेको बताउनु भयो । उहांले व्यवसायी र सरकार सहकार्य र समन्वय गरेर अघि बढे मात्रै आपुर्ति सहज हुने बताउनु भयो ।
ट्याँकर व्यवसायी महासंघ र निगमबीच वार्ता र संवादबाट यो समस्याको निकास निकाल्न सकिने उहाँले बताउनु भयो् ।
कार्यक्रममा पश्चिमाञ्चल ट्याँकर व्यवसायी समितिका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले भाडा समायोजन नगरी बटम लोडिङ प्रणाली लागु गर्न नसकिने बताउनु भयो । बटम लोडिङमा जांदा एउटा ट्याँकर २० लाख रुपैयां बढी अतिरिक्त खर्च हुने श्रेष्ठले बताउनु भयो । उहांले व्यवसायिक एकताले मात्रै व्यवसायीले उठाएका माग सम्बोधन गराउन सरकारलाई दबाव दिन सकिने बताउनु भयो ।
समितिका अध्यक्ष राकेश कुमार कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरे, समितिका महासचिव भुपराज अर्याल, सह महासचिव प्रेम जीएम, कोषाध्यक्ष धनेन्द्र पौडेल, डा.शान्तकुमार शर्मा, चालक तथा परिचालक संघका संयोजक नवराज पाण्डे लगायतले बोल्दै चर्को बैंक ब्याज दर आर्थिक मन्दी जस्ता कारणले व्यवसायीहरु संकटमा परेकाले उनीहरुका माग प्रति सरकार संवेदनशील हुनुपर्ने बताउनु भयो ।

≪ Previous Post

मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

Next Post ≫

पत्रकार समाजका अभिन्न अंग हुन्ः सभामुख घर्तीमगर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क