भैरहवा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पत्रकारहरु समाजको अभिन्न अंग भएको बताउनु भएको छ । उहाल पत्रकारिता र पत्रकारको संरक्षणमा राज्यले सधैं ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकारिता सुरक्षित हुनु भनेको गणतन्त्र र लोकतन्त्रको सुन्दर पक्ष रहेको उहाले उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ९ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आफू सधै पत्रकारको सुरक्षा, विकास र पक्षमा वकालत गर्दै आएको बताउनु भयो ।
उहाले पत्रकार र पत्रकारिता क्षेत्रमा पनि केही कमीकमजोरी रहे पनि समग्रमा राम्रा पक्ष धेरै रहेको जनाउनु भयो । लुम्बिनी प्रेस क्लब जस्ता संस्थाहरुले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै लैजानु पर्नेमा जोड दिँदै यसतर्फ साकारात्मक काम हुनेमा आफू विश्वस्त रहने उल्लेख गर्नुभयो । प्रदेशसभाले पत्रकारमैत्री र हकअधिकारलाई ग्यारेन्टी हुने गरी कानून बनाउने उहाले बताउनु भयो ।
सभामुख घर्तीमगरले नेपालको संघीयताको मोडल नेपाल र जर्मनमा बाहेक अन्त कुनै देशमा नभएको बताउनुभयो । शासन प्रणाली आफैमा नराम्रो नरहेको बताउँदै सभामुख घर्तीमगरले कहिलेकसो नेपालमा दक्षिणको राजनीतिले प्रभाव पार्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता (सीके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताउनु भयो । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उहाको तर्क थियो । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको उहले बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागी सवैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । सिद्धार्थनगर पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथिको रुपमा व्यवहार गर्नुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताउनु भयो। सन्चार क्षेत्र सधैब राज्य सत्ताको विपक्षमा रहनुपर्ने बताउँदै आफ्नो धर्म नछाडेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ, रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुने भन्नेमा सचेत नभएको बताउनुभयो । पोखरेलले पत्रकार बढी लम्पसार र बढी आलोचक हुनबाट बच्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा संचार क्षेत्रको विकास गर्न, विसंगतीविरुद्ध आवाज बुलन्द गर्न र समाज रुपान्तरणमा अघि बढेको जनाउनुभयो । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले सामुहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताउनुभयो।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताउनुभयो । राज्यले राजस्व मात्रै लिने तर उद्योगको बिकासका निम्ति भूमिका नखेल्दा उद्योगी धरासायी बनेको तर्क गर्नुभयो ।
लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारिताको क्षेत्रको विकास, विस्तार र सभ्यसमाज निर्माणमा क्रियाशिल भएको बताउनुभयो ।
क्लबले आफ्नो ९औं स्थापना दिवसको अवसरमा भैरहवा-लुम्बिनी २२ किमी लामो बौद्ध संचार यात्रा र लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिता गरेको थियो । कार्यक्रममा संचार यात्रामा सहभागीहरुलाई सम्मान गरिएको थियो । यस्तै, सहयोगी संस्था र प्रेस क्लबका संस्थापक पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । २०७२ सालमा स्थापित क्लबमा भैरहवा, लुम्बिनी र धकधई क्षेत्रका ४० जना पत्रकारहरु आबद्ध छन् । क्लबले पत्रकारितासँगै समाजमा सकारात्मक सन्देश दिने खालका कार्यक्रम गर्दै आएको छ ।
पत्रकार शर्मालाई प्रेस रत्न, पछाईलाई प्रेसिडेन्टियल अबार्ड
यसैबीच लुम्बिनी प्रेस क्लबले आफ्नो ९ औं स्थापना दिवसको अबसरमा दुई जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । क्लबले ‘लुम्बिनी प्रेस रत्न २०८०’ बाट नगद २५ हजार राशीसहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबका पूर्ब अध्यक्ष दिपेश पछाईलाई ११ हजार नगद राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्वय शर्मा कारोबार दैनिकमा आबद्ध छन् भने पछाई मेचिकाली दैनिकमा आबद्ध छन् ।
((
एचबपबकज लथबगउबलभ, व्यगचलबष्कित
द्यजबष्चबजबधब, च्गउबलमभजष्
ढडछठण्ज्ञछढण्द्ध