Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0
मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र
80
SHARES
ShareTweet

नेपाली आकाशलाई कालो सूचिबाट तत्काल हटाउन माग
बुटवल । ठूला होटेल र पर्यटन व्यवसायीले भोग्नुपरेका समस्या समाधानको माग गर्दै नेप्लिज होटलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई ११ बुंदे ज्ञापनपत्र बुझाएको छ ।
कोरोना महामारी यता विभिन्न कारणले अर्थतन्त्रमा देखिएको समस्याले होटेल र पर्यटन व्यवसाय संकटमा परेको भन्दै एशोसिएसनले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने लगायत माग राख्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।
युरोपियन युनियनले नेपाली आकाशलाई हवाई उडानको कालो सूचिमा राखेकाले विदेशी पर्यटकमा नकारात्मक असर परेकाले त्यसलाई तत्काल हटाउन पहल गर्न पनि एशोसिएसनले माग गरेको छ ।
आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने गाडीमा पनि भन्सार छुट दिन, बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा यथाशीघ्र सञ्चालन गर्न पनि एशोसिएसनले माग गरेको छ ।
हवाई टिकट दर नेपाली सरह हुनुपर्ने, एशोसिएसनले भारतसंग सीमा जोडिएका भन्सार नाका र अध्यागमन कार्यालयहरु परम्परागत, अव्यवस्थित भएकाले पर्यटकले झन्झट र सास्ती ब्यहोर्नुपरेकाले ती कार्यालयहरुलाई आधुनिक सुविधायुक्त र पर्यटकमैत्री बनाउन माग गरेको छ ।
भारतीय र विदेशी पर्यटकलाई निश्चित रकम मात्र ल्याउन पाउने प्रावधानले नेपालको पर्यटन व्यवसाय फस्टाउन र विदेशी मुद्रा आर्जन गर्न नसकेकाले पर्यटकले चाहे जति रकम ल्याउन दिने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ । भारतीय पर्यटकका सवारी साधनलाई सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्थालाई संशोधन गरी कम्तीमा चुरेको फेंदीसम्म आउन दिनुपर्ने र सडकमा प्रहरीबाट अनावश्यक चेकजांच नगरी सम्मानजनक व्यवहार गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
विदेशी पर्यटक बस जस्तै आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने पर्यटक गाडी खरिदमा भन्सार सहुलियत सुविधा दिन,बुटवल–नारायणगढ सडक निर्माणमा भएको चरम ढिलासुस्तीले रुपन्देही र आसपासका जिल्लाको होटेल व्यवसायमा झण्डै ५० प्रतिशत गिरावट आएकाले यो सडक यथाशीघ्र पूरा गर्न,.पर्यटकको बसाई लम्ब्याउन बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी र छिकी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यमा कनेक्टिभिटी सहज बनाउन र बजारिकणमा सहयोग गर्न पनि एशोसिएसनले माग गरेको छ ।
यस्तै नेपालको पर्यटनको मुख्य बजार भारतको उत्तर प्रदेश, उत्तराखण्ड,बिहार लगायतका प्रदेश भएकाले त्यहांका पर्यटक भित्राउन बजारिकरणका लागि वजेट उपलब्ध गराउन,प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउं ठाउंमा पर्यटन सूचना केन्द्र स्थापना गर्न, होटेलमा कार्यरत कर्मचारी र कामदारको क्षमता बृद्धिका लागि एड्भान्स टुरिज्म तालिम र भारतीय तथा विदेशी पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रमा आकर्षित गर्न टुर गाइड तालिमको माग गरिएको छ ।
यस्तै रात्रिकालीन व्यवसाय सञ्चालनको नीतिगत व्यवस्था गरिदिन पनि एशोसिएसनको माग छ ।
ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री चौधरीले व्यवसायीका माग समयसापेक्ष र जायज रहेको भन्दै आफूले प्रदेश र संघीय सरकारबाट समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले आयात ब्यापार भन्दा पर्यटन र कृषिबाट देशलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न सकिने बताए ।
गृहमन्त्री सन्तोष पाण्डेले विभिन्न कारणले समस्यामा परेका व्यवसायीलाई विशेष राहत प्याकेज ल्याउनु र व्यवसायीमैत्री वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए ।
एशोसिएसनका अध्यक्ष प्रविणबहादुर पाठकले तीनै तहका सरकारले नेपालको समृद्धिकको एउटा मुख्य आधार पर्यटन हो भन्दै आएपनि खरबौं लगानी र हजारौंलाई रोजगारी दिएको होटेल व्यवसायलाई उद्योगको मान्यता नदिंदा विद्युत महसुल र भन्सारमा छुट पाउन नसक्दा व्यवसायीले राहत महसुस गर्न नसकेको गुनासो गरे ।
एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले भारतीय पर्यटकलाई सरकारले प्राथमिकता दिन र सम्मान गर्न नसकेको औंल्याए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एशोसिसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठ,महासचिव विकास पाण्डे,कोषाध्यक्ष पदम केसी,कार्यसमिति सदस्यहरु टेकनाथ बस्याल,लक्ष्मण भण्डारी लगायतले समस्या समाधान नभए विभागीय मन्त्रालय र सम्बन्धित कार्यालयहरुमा अनिश्चितकालीन धर्ना बस्नुपर्ने बताए ।

≪ Previous Post

आशावादी हुन व्यवसायीलाई सिडिओ अर्यालको सुझाव

Next Post ≫

ढुवानी भाडा दर समायोजन गर्न सरकारसंग ट्याँकर व्यवसायीकोे माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क