Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आशावादी हुन व्यवसायीलाई सिडिओ अर्यालको सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आशावादी हुन व्यवसायीलाई सिडिओ अर्यालको सुझाव

संसारपोस्ट संवाददाता · १३ पुष २०८० · 0
आशावादी हुन व्यवसायीलाई सिडिओ अर्यालको सुझाव
60
SHARES
ShareTweet

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्योगी व्यवसायीलाई निराशाका मात्रै कुरा नगरी आशावादी हुन आग्रह गर्नुभएको छ ।
उद्योग ब्यापार संघ बुटवलले प्रमुख जिल्ला अधिकारीसंग आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहांले अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र नभई विश्वव्यापी समस्या भएकाले यो समस्या केही समय पछि हटेर राम्रो अवस्था आउनेमा आशावादी बन्न सुझाउनु भयो । समस्या र निराशाका कुरा मात्र गरेर देश बन्न नसक्ने भएकाले आशाको सञ्चार गर्न निजी क्षेत्रका संघसंस्था लाग्नुपर्नेमा प्रजिअ अर्यालको जोड थियो ।
खुला सीमा नाकाबाट हुने राजस्व छली नियन्त्रण, रात्रीकलीन बजार सञ्चालन, सामान आयातमा रहेका करका समस्या समाधानमा आफू सधै सकारात्मक रहेपनि एक्लो प्रयासले मात्र नहुने भएकाले सबैको सहकार्य हुनुपर्ने उहांले बताउनु भयो ।
सो अवसरमा नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुजिको संरक्षण, औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।
कृषि, जलविद्युत र पर्यटनमा लगानी मैत्री वातावरण बनाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र ब्यापार घाटा नियन्त्रण गर्नुपर्नेमा महासचिव पराजुलीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले चर्को बैंक ब्याज दर, अर्थतन्त्रमा मन्दी लगायतका समस्याले उद्योगी व्यवसायी संकटमा परेकाले सरकारले राहत प्याकेज ल्याउनुपर्ने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाले संघको सचिवालय भवनका लागि जग्गा उपलब्ध गराउन सहजिकरण गरेपछि भवन शिलान्याश भइसकेकाले आगामी २ वर्षमा २ तले भवन निर्माण गर्नुपर्ने उहांले बताउनु भयो ।
संघका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डेले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उद्योगी व्यवसायीका समस्या सुन्ने, निजी क्षेत्रसंग सहकार्य गरेर जानुपर्छ भन्ने मान्यताका रहेकाले सहज र सच्चा अभिभावक पाएको महसुस भएको बताउनु भयो ।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महासचिव यमलालले उद्योगी व्यवसायीका समस्या सम्बोधन गरी व्यवसायीमैत्री वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीको पनि ठूलो भूमिका हुने बताउनु भएको थियो ।

≪ Previous Post

श्रृङ्गेश्वर धममा नया नेतृत्वको पदस्थापन र सपथ ग्रहण

Next Post ≫

मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुंदे ज्ञापनपत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क