Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका उद्योगीहरु आन्दोलित : विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडान गर्न माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका उद्योगीहरु आन्दोलित : विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडान गर्न माग

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0
रुपन्देहीका उद्योगीहरु आन्दोलित : विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडान गर्न माग
120
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले लाईन काटिएका उद्योगको विद्युत लाईन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा बन्द गरी आन्दोलनका कार्यक्रम जारी राख्ने आन्दोलनरत उद्योगी ब्यवसायीले बताएका छन् ।
आन्दोलन अन्तर्गत आइतबार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडी धर्ना दिएका छन् ।
बुटवल–भैरहवा सडक खण्डको सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुको नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रंकलाइनको छुट बिलिङ गरेकाले कानूनसम्मत नरहेको ‘छुट बील’ को विरुद्ध विद्युत प्राधिकरणमा धर्ना दिएको र समस्या समाधानकालागि कानूनी बाटो अवलम्बन गरिएको उद्योगीहरुले बताएका छन् ।

उद्योग र विद्युत प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा हाल विचाराधिन रहेकै अवस्थामा तिर्नै नपर्ने रकम असुल गर्न विद्युत प्राधिकरणले उद्योगहरुको विद्युत लाइन काट्न सुरु गरिएको उद्योगीहरुको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्राधिकरणले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको बताए । उनले विद्युत प्राधिकरणले उद्योगको मात्र नभइ थुप्रै श्रमिकको लाईन पनि काटेको बताए । उनले लाइन काट्नु भनेको श्रमिकको रोजगारीमा पनि लाइन काट्नु सरह हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई किन धरासायी बनाउन खोजेको भन्दै प्रश्न गरे । उनले उद्योगीले पैसा तिर्न नखोजेको भन्ने भ्रम फैलाइएको र यस्ता कुरामा कुनै सत्यता नरहेको बताए ।

उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले विद्युत प्राधिकरणले जसले तिर्नुपर्ने हो उसलाई महशुल शुल्क तिराउनु पर्नेमा त्यसो नगरी तिर्नै नपर्ने उद्योगीहरुलाई समेत एउटै किसिमको व्यवहार गरेर लाईन काटिएको आरोप लगाए । उनले लाईन काटिएका उद्योगको तत्काल लाइन जडान गर्न माग गर्दै समस्याको समाधान छिटो भन्दा छिटो गर्न आग्रह गरे ।

धर्ना कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । विद्युत प्राधिकरणले सप्रमाण विद्युत प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार भए पनि प्रयोग नगरिएको विद्युतको शुल्क तिर्न नसकिने उनले बताए । उनले उद्योगीहरुको आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघको ऐक्यवद्धता रहेको बताए ।

घराना फुड्स प्रा.लि.का सञ्चालक विकास गोयनकाले उद्योगहरु पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा लाईन काटेर के गर्न खोजिएको भन्दै प्रश्न गरे । उनले अहिले आन्दोलनमा कर्मचारीहरु आएको र आगामी दिनमा श्रमिक पनि सडकमा आउन बाध्य हुने बताउंदै यस्तो विषम परिस्थतिमा पनि सरकार मौन बसेको टिप्पणी गरे ।

आन्दोलित उद्योगीले अदालतको फैसला नआउञ्जेल लाइन जडान गर्न माग गर्दै आइतबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएका छन् । ‘नेपाल विद्युत प्राधिकरण भैरहवाले यस क्षेत्रका २ वटा उद्योगको विद्युत लाइन २०८० मंसिर १३ गते काटेको कार्यबाट हामी यस बुटवल भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरु स्तब्ध र त्रसित भएका छौं र यस कार्यको घोर भ्रत्सना गर्दछौं । ज्ञापनपत्रमा भनिएको छ ।

समस्या समाधान नभए तीनहजार बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्ने, देशमा मालवस्तुको अभाव सिर्जना हुने, राजस्व संकलन प्रभावित हुने लगायत विषयमा विद्युत प्राधिकरण स्वयं नै जिम्मेवार हुने ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले केही उद्योगहरुको लाइन काटिएको र लाइन जोड्न उद्योगबाट निवेदन आएको बताए । उनले कार्यालयमा आएका ज्ञानपनपत्रलाई तालुक कार्यालयमा पठाइएको र तालुक कार्यालयबाट आएको निर्णय उद्योगीलाई जानकारी गराइएको बताए ।

≪ Previous Post

जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित

Next Post ≫

एभरेष्टले गर्यो विद्यार्थीको उपचारकालागि चारलाख आर्थिक सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क