Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0
जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित
70
SHARES
ShareTweet

बुटवल । जी–२५ क्लव बुटवल–११को साधारणसभा तथा अधिबेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न क्लवको साधारणसभा तथा अधिबेशनबाट जगदिश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्प्रधि सजन कुमार भारीलाई १ मतले पराजित गरी न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपानेले २६ र भारीले २५ मत प्राप्त गरेका छन् ।
यस्तै क्लवको उपाध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन् । पौडेलले आफ्ना प्रतिष्प्रधि निरज के.सी.लाई २ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले २५ र के.सी.ले २३ मत प्राप्त गरेका छन् ।
क्लवको महासचिवमा किशोर पंगेनी, कोषाध्यक्षमा भेषराज अर्याल र सचिवमा रेशम बहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । यस्तै चार सदस्य पदका लागि ६ जनाबीच भएको प्रतिष्प्रधामा श्रीप्रसाद श्रेष्ठ, बिमल पौडेल, मिलनकुमार भारी र देबेन्द्रबहादुर घर्ती निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता केशवराज पोखरेलले जानाकारी गराए ।
यस अघि साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक कार्यमा क्रियाशिल जी–२५ क्लवले यस समाज गर्ने सामाजिक तथा रचनात्मक कार्यक्रमका लागि उपमहानगरपालिकाले सहयोग गर्ने विश्वास दिलाए ।
सामाजिक क्षेत्रमा क्रियाशिल जी–२५ क्लवले केही समय अगाडी कपडा बैंकको स्थापना गरी बुटवलका उद्योगी, ब्यवसायी तथा क्लवका सदस्यहरुसंग कपडा संकलन गरी करिव २ सय बढि गरिव तथा विपन्नवर्गका मानिसहरुलाई वितरण गरेको थियो । यस्तै क्लवले विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई खिर खुवाउने तथा ग्लुकोज वितरण लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।

 

≪ Previous Post

लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  

Next Post ≫

रुपन्देहीका उद्योगीहरु आन्दोलित : विद्युत काटिएका उद्योगहरुको लाइन निशर्त जडान गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क