Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0
लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  
100
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा नगरपालिका -७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा आज देखि दुई दिने  लेक एक्स्पो–२०२४ सुरु हुदै  छ ।

एक्स्पोबारे जानकारी दिन शनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाका अनुसार विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनी गर्नका लागि एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पो दुई दिनसम्म चल्ने छ ।
कलेजमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका ५० वटा प्रोजेक्ट एक्स्पोमा प्रदर्शन गरिने छ । सिभिल, कम्प्युटर र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिकतर्फका विद्यार्थीहरुले ५० वटा प्रोजेक्ट तयार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कलेजका सदस्य सचिव डा.के. एन. पाण्डेयले विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्राउन टेवा समेत पु¥याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताउनुुुभयो ।

एक्स्पोमा  सिभिल विभागतर्फका २४, कम्प्युटर विभागतर्फका १४ र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागतर्फबाट १२ वटा प्रोजेक्ट राखिने छन् । विद्यार्थीले बनाएका प्रोजेक्टहरु घर, उद्योग तथा विद्यालय, सडक, कृषिलगायतका क्षेत्रमा प्रयोग गर्न सकिने कार्यक्रम संयोजक इन्जिनियर विष्णुचन्द्र झाले बताउनु भयो ।

विद्यार्थीहरूले आफ्ना प्रतिभा तथा क्षमता प्रदर्शन गर्न सकुन र पछि कुनै कम्पनी वा संस्थामा काम गर्दा मागअनुसार प्राविधिक उपकरण, वस्तु वा कम्प्युटर सफ्ट्वेयरको डिजाइन र विकास गर्न सकुन  भनेर प्रविधि प्रदर्शनीलाई प्राथमिकता दिइएको इन्जिनियर झाले बताउनु भयो । उहाका अनुसार विद्यार्थीले केही नयाँ प्रोजेक्टहरु तयार गरेको र केही पुराना भएपनि नेपालमा प्रयोगमा नआएका प्रोजेक्टहरु तयार गरेका छन् ।

१२ हजारले प्रोजेक्ट अवलोकन गर्ने कलेजको अपेक्षा छ । पत्रकार सम्मेलनमा इन्जिनियर कृष्णप्रसाद पराजुली, इन्जिनियर पंकज ठाकुर र सतिषकुमार कर्णले विद्यार्थीले तयार पारेका प्रोजेक्टका महत्व र फाइदाका बारेमा  जानकारी गराउनु भएको थियो ।
डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने यस कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी जम्मा ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कलेजले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता प्रदर्शन गर्न एक्स्पो आयोजना गर्दै आइरहेको छ  ।

≪ Previous Post

ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग 

Next Post ≫

जी–२५ क्लव बुटवलको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क