Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग 
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग 

संसारपोस्ट संवाददाता · २१ पुष २०८० · 0
ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग 
90
SHARES
ShareTweet
 तिलोत्तमा । यस क्षेत्रका टेक्टर ब्यवसायीहरुले टेक्टर नामसारी गर्न ६ बर्षको समय तोकिएकोमा असहमति जनाउदै ऋण भुक्तान हुदासाथ नामसरी गर्न पाउनुपर्ने माग गरेका छन ।
ब्यवसायीहरुले टेक्टरले कृषि र गैर कृषि दुबैमा निर्वाधरुपमा काम गर्न   पाउनुपर्ने, भारबाहन क्षमताको आधारमा ढुवानी गर्न पाउनु पर्ने र  ट्रलिलाइ टेक्टरको अङ्गको रुपमा मान्यता दिनुपर्ने माग गरे ।
लुम्बिनी टेक्टर समिति तिलोत्तमा ९ शकरपुर रुपन्देहिको शनिवार सम्पन्न २१ औं बार्षिक साधारणसभा तथा ८ औं अधिबेशनमा बोल्ने टेक्टर ब्यवसायीहरुले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा  टेक्टरको बार्षिक कर बढी भएकाले पुनरावलोकन गरि घटाउन माग गरे । उनिहरुले नदिको समरचना नबिगरिने गरि टेक्टरले नदिजन्य पदार्थ निकासी गर्ने ब्यवस्था मिलाउन जिल्ला समन्वय समिति स्थानिय पालिकासङ्ग आग्रह गरेका छन ।
साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख   रामकृष्ण खाणले टेक्टर ब्यवसायीका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाले टेक्टर ब्यवसायीका समस्या रुपन्देहीका १६ वटा पालिका र जिल्ला समन्वय समिति सङ्ग सम्बन्धित भएकाले समन्वय समिति र पालिकाहरुसङ्ग समन्वय गरेर समाधानका लागि पहल गर्ने बिस्वास दिलाउनु भयो ।
उपप्रमुख जागेश्वरी देबी चौधरीले ब्यवसायीका समस्या प्रति नगरपालिका समबेदनशिल रहेको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।
साधारणसभामा टेक्टर समितिका अध्यक्ष स्वयमबन्धु कार्कीले कुनै ब्यवसायीले टेक्टर खरिद गर्न चाहेमा भन्सार तिरेर ल्याउन पाउनुपर्ने माग गर्दै नदिजन्य पदार्थको ढुवानी खुल्ला नहुनु र टेक्टरको बिमा गर्दा हलो, ट्रली र रोटाभेटरको पनि बिमा गरिनु पर्ने माग गर्नु भयो ।
कार्यक्रममा नेपाल टेक्टर महासघका अध्यक्ष खेम गौतम, पुर्व अध्यक्ष प्रदिप प्रसाद उदय, समितिका सल्लाहकार उदय गुरुङ्ग, समितिका सस्थापक सदस्य ज्योती अर्याल, नेपाल किसान टेकटर समिति कपिलवस्तुका अध्यक्ष शंकर पौडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बिस्णु भन्डारी, तिलोत्तमा च्याम्बर अफ कमरसका वरिष्ठ उपाध्यक्ष बिष्नु बराल लागायतले आआफ्ना भनाइ राख्नु भएको थियो । समितिका उपाध्यक्ष टिकाराम गौतम र महासचिव सुरेश कुमार पौडेलले पनि ब्यवसायीका समस्याका बारेमा बोल्नुभएको थियो ।
यसैबिच टेक्टर समितिको १७”सदस्यिय नया नेतृत्वका लागि पुस २८ गते निर्वाचन हुदैछ । १९ गते भएको मनोनयन दर्ताका क्रममा १७ पदका लागि ३५ जनाको मनोनयन दर्ता भएको निर्वाचन सयोजक उदय बहादुर गुरुङ्ले जानाकारी दिनुभयो ।
≪ Previous Post

जीतगढि किल्ला ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी : राष्ट्रपति पौडेल

Next Post ≫

लुम्बिनी इन्जिनियरिङ्ग कलेज (लेक) मा आज देखि  लेक एक्स्पो हुदै  

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क