Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल सहकारीको वार्षिक उत्सवमा शेयर सदस्यको आँखा र किड्नी परीक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल सहकारीको वार्षिक उत्सवमा शेयर सदस्यको आँखा र किड्नी परीक्षण

संसारपोस्ट संवाददाता · २२ पुष २०८० · 0
बुटवल सहकारीको वार्षिक उत्सवमा शेयर सदस्यको आँखा र किड्नी परीक्षण
100
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा संचालित बुटवल बहुउद्देशीय सहकारी संस्थाले आफ्नो २६ औं वार्षिक उत्सव कार्यक्रम सामाजिक गतिविधी गरि मनाएको छ । सहकारीले शेयर सदस्यहरुको आँखा परीक्षण, रक्त समूह र किड्नी परीक्षण तथा रक्तदान गरी मनाएको छ ।
हकारीका १५२ जना शेयर सदस्यको आँखा परीक्षण, १६४ जना शेयर सदस्यको रक्त समूह तथा किड्नी परिक्षण गर्नुका साथै १६ जनाले रक्तदान गरेका बुटवल बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष अर्जुन रानाभाटले जानकारी गराउनु भयो । सहकारी संस्थाले यस्ता सामाजिक कामसंगै शेयर सदस्यहरुलाई बढी भन्दा बढी प्रतिफल दिने गरी कामगर्न र महिलाहरुलाई सहकारी मार्फत आयमुलक कार्यमा सहभागिता गराउन पहलगर्ने, मृत्यु भएका सदस्यहरुलाई सदस्य राहातकोषवाट प्रदान गरिदै आएको राहत रकमलाई थप व्यवस्थित गर्दै लैजाने ब्यवस्था मिलाइएको अध्यक्ष रानाभाटले बताउनु भयो । उहांले कोरोना माहामारीले आर्थिक मन्दी बाट प्रभावित भएका शेयर सदस्यहरुलाई आयआर्जन गर्न सिपमुलक तालिमको समेत व्यवस्था गरेको बताउनु भयो ।
कार्यक्रममा बुटवल बहुउद्देशीय सहकारी संस्थाका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्मा खनालले सहकारीले शेयर सदस्यहरुलाई बढी भन्दा बढी फाईदा दिने गरी कार्ययोजना अगाडी बढाउन सुझाव दिनु भयो । त्यस्तै सदस्यहरुले पनि सहकारीका गतिविधीमा निगरानी बढाउन जरुरी रहेको उहांले औल्याउनु भयो ।
एक सय जना शेयर सदस्यवाट २६ बर्ष अघि शुरु गरिएको सहकारीको साधारण सभामा शिक्षा क्षेत्रवाट विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुराएका सदस्य तथा शेयर सदस्यका सन्ततीहरु तथा ७० वर्ष उमेर पुरा गरेका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।
साधारणसभाले ०७९ । ०८० को वार्षिक प्रतिबेदन, आर्थिक र लेखा समितिको प्रतिवेदन पारित गरेको सचिव बुद्धिमान थापाले बताउनु भयो । त्यस्तै संस्थाको आर्थिक वर्ष ०८०।०८१ को वार्षिक कार्य योजना तथा वजेट पारित गरेको कोषाध्यक्ष टेकनाथ अर्यालले बताउनु भयो ।
कार्यक्रममा मुक्तिनाथ सहकारीका अध्यक्ष बावुराम एमसी, बुटवल बहुउद्देशीय सहकारी संस्थाका निर्वतमान अध्यक्ष लोकनाथ भुसाल, सन्दिप सापकोटा, लक्ष्मण बस्याल, सहकारीका वरिष्ठ उपाध्यक्ष टोपनारायण भण्डारी लगायतले सहकारीले समाजमा पुराएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

≪ Previous Post

एभरेष्टले गर्यो विद्यार्थीको उपचारकालागि चारलाख आर्थिक सहयोग

Next Post ≫

बुटवलमा सार्वजनिक क्षेत्रका घरटहरा हटाउने अभियान शुरु, पार्क र चौतारी निर्माण गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क