देवदह, २६ असोज । नेकपा एमाले परित्याग गरेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाउनुभएको छ । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको हो । निर्वाचन कार्यालयबाट निर्वाचन चिन्ह प्राप्त गरेपछि प्रतिक्रिया दिदै नेता भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गर्नुभयो […]