Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मुलुकलाई बिकासको गतिमा अगाडी बढाउन गठबन्धन आवश्यक : गृहमन्त्री खाँण
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुलुकलाई बिकासको गतिमा अगाडी बढाउन गठबन्धन आवश्यक : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७९ · 0
मुलुकलाई बिकासको गतिमा अगाडी बढाउन गठबन्धन आवश्यक : गृहमन्त्री खाँण
100
SHARES
ShareTweet

भैरहवा, २४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणले राष्टिय«ता, लोकतन्त्र र संविधानको रक्षागर्दै मुलुकलाई बिकासको गतिमा अगाडी बढाउन गठबन्धन आवश्यक रहेको बताउनु भएको छ । उहांले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन गठवन्धनमा आवद्ध दलका नेता कार्यकर्तालाई आग्रह गर्नुुभएको छ ।
सत्ता गठबन्धनमा आवद्ध दलको सोमवार भैरहवामा बसेको जिल्ला स्तरीय बैठकलाई सम्वोधन गर्दै गृहमन्त्री खाँणले सविधान र लोकतन्त्र नै खतरामा परेपछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउंदै आगामी दिनमा मुलुुकको समृद्धि र बिकासका लागि गठबन्धन अपरिहार्य रहेको औल्याउनुुभयो । ‘गठबन्धन राष्ट्रिय आवश्यकताहो, उँहाले भन्नुुभयो–त्यसकारण गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन सवै एक जुट भएर लागांै ।’
गठबन्धनलाई प्रभावकारी ढंगले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने खतरा कायमै रहेको भन्दै उहाँले संवेदनशील बनेर चुनावमा आफ्ना उम्मेदवार बिजयी गराउन केन्द्रित हुन आग्रह गर्नुुभयो । राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको बिजयी जरुरी रहेकोमा उहांको जोड थियो ।
बैठकमा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेय, (ख) का रामचन्द्र ढकालका साथै गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपामा ओबादी केन्द्र, लोकतान्त्रिक समाजबादी पार्टी, नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बैठकमा सहभागि नेताहरुले जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन निसर्त रुपम सवै एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा र बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धन अपरिहार्य भएको निकर्ष निकाल्दै गठबन्धनको केन्द्रीय निर्णयलाई आत्मसाथगर्दै अगाडी बढ्ने र कहिकतै जिल्लामा असन्तुष्टि देखिएमा त्यसलाई समाधान गर्दै अगाडी बढ्ने सहमति गठबन्धनमा आवद्ध जिल्ला नेताहरुले गरेका छन् । पार्टी भित्र देखिएका असन्तुष्टि र गठबन्धनको निर्णय बिपरित परेका उम्मेदवारी फिर्ता गराउने जिम्मा समेत सम्वन्धित पार्टीले लिने सहमति भएको नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका प्रबक्ता लेखनाथ भट्टराईले जानकारी दिनुुभयो । बैठकमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, क्षेत्रीय सभापति शुुशिल गुुरुङ्ग, माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, क्षेत्रीय सयोंजक मनिषकुमार जोसी, नेकपा समाजबादीका प्रदेस सदस्य आनन्द गुुप्ता, कुलेन्द्र पुन, लोसपाका जिल्ला अध्यक्ष अजय बर्मा, जनमोर्चाका अध्यक्ष बद्रे आलमलगायतका नेताहरु सहभागि भएका थिए ।

 

≪ Previous Post

रुपन्देही ५ मा एमालेका वासुदेवले पाए आधिकारिकता

Next Post ≫

माओबादी नेता खाँनका बाबु छोराद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क