Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ धमाधम उम्मेदवार टुंग्याउँदै एमाले
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

धमाधम उम्मेदवार टुंग्याउँदै एमाले

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७९ · 0
धमाधम उम्मेदवार टुंग्याउँदै एमाले
40
SHARES
ShareTweet

काठमाडौं । नेकपा एमालेले समानुपातिकसँगै प्रत्यक्षतर्फ चुनाव लड्नेहरूको नाम पनि धमाधम टुंग्याउने क्रमलाई तीव्रता दिएको छ ।
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारको टिकट नपाउने पक्का भएको छ भने माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन् ।
२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने सो क्षेत्रबाट उम्मेदवार बन्नबाट वञ्चित भएका छन् । उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए । २०६४ सालमा भने उनी समानुपातिकतर्फको सांसद बनेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लडेका रावल एमालेमै रहेर प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गर्दै आएका छन् । उनी लामो समयदेखि सत्ताको स्वाद लिइरहने नेतामा पर्छन् ।
अछाम–२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको छ । एमालेमै रहेर १० भाइको टिममा रहेका योगेश भट्टराईले भने टिकट पाउने भएका छन् । उनले २०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । अष्टलक्ष्मी शाक्यले टिकट पाउँदा पार्टीका पूर्व उपमहासचिव रुपन्देहीका घनश्याम भुसालको टिकट भने अन्योलमै छ ।
यसैगरी एमालेले सिन्धुपाल्चोकका सबै उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको हो । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा यसपटक पनि एमाले अध्यक्ष ओलीको रोजाइमा परेका छन् । उनलाई काभ्रे क्षेत्र नम्बर २ बाट टिकट दिइएको छ भने क्षेत्र नम्बर १ बाट एमालेले रेशम लामालाई उम्मेदवार बनाउने भएको छ । राप्रपाबाट संविधानसभा सदस्य भएका लामा हाल एमालेमा छन् ।

देउवालाई हराउने एमाले रणनीति

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चक्मा दिन एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्वप्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो । तर, उनलाई नभएर नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ । सँगै देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका हुन् ।
कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । डडेलधुरामा २०४८ सालदेखि लगातार देउवा निर्वाचित हुँदै आएका छन् ।
प्रदेशसभातर्फ भने दुवै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार हुने भएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् ।

एमालेकी गंगाको स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले आज फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी छन् ।
सो क्षेत्रबाट एमालेले पोलिटब्युरो सदस्य शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । उनले लेखेकी छन्, ’आज मैले ठीक निर्णय गरेँ या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागिरहनेछु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद बनेकी थिइन् ।
यसैगरी, कञ्चनपुर–१ मा तारा लामा, कञ्चनपुर–२ मा नरबहादुर धामी, कञ्चनपुर–३ बाट निरु पालले टिकट पाएका छन् ।
त्यसैगरी एमालेले डोटीबाट प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र प्रेम बम, बैतडी प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लीलाधर भट्ट र सुरेन्द्र दाहाल, दार्चुला प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी, बझाङ प्रतिनिधिसभामा ऐन महर, प्रदेशसभामा एलबी रावल र अफिलाल ओखेडा, बाजुरा प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बलदेव रेग्मी र (ख) मा लालबहादुर थापा, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । थाहा खबर

≪ Previous Post

मौसम : सबै प्रदेशमा भारी देखि धेरै भारी वर्षाको सम्भावना, देशभर सामान्य देखि पूर्ण बदली

Next Post ≫

रुपन्देहीका ५ क्षेत्र र प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क