Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पहाडबाट शहर वजारमा हुने बसाई सराई रोक्न शिक्षा, स्वास्थ्य, सडकको विकासमा ध्यान दिन जरुरी
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पहाडबाट शहर वजारमा हुने बसाई सराई रोक्न शिक्षा, स्वास्थ्य, सडकको विकासमा ध्यान दिन जरुरी

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७९ · 0
पहाडबाट शहर वजारमा हुने बसाई सराई रोक्न शिक्षा, स्वास्थ्य, सडकको विकासमा ध्यान दिन जरुरी
140
SHARES
ShareTweet

बुटवल, ८ असोज । पहाडवाट शहर वजारमा बसाई सराई गर्ने परिपाटीको अन्त्यकालागि पहाडी जिल्लाका स्थानीयतहले शिक्षा, स्वास्थ्य, सडक लगायत विकासका काममा विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
गुल्मी जिल्लाको ईस्मावाट रुपन्देहीका विभिन्न ठाउंमा बसोवास गर्नेहरुले स्थापना गरेको संस्था ईस्माली समाज रुपन्देहीले विजया दशमी, शुभ दीपावली तथा न्वागी पर्वको अवसरमा आयोजना गरेको शुभकामना, स्वागत तथा सम्मान कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
शहर वजारमा पाईने सुख, सुबिधा, आराम, खानपान, औषधी उपचार र शिक्षाका लागि मानिस वसाई सराई गर्ने गरेको भन्दै यस्ता सुविधा गाउँमै उपलब्ध गराउन स्थानीय तहका जनप्रतिनिधिहरु केन्द्रि हुने हो भने वसाई सराईको दरलाई कम गर्न सकिने उनीहरुले बताए ।
कार्यक्रममा ईस्मा गाउँपालिकाका अध्यक्ष भगवत सिंह खड्काले ईस्माली जनतालाई विकासको अनुभूति हुने गरि कामगर्ने प्रतिवद्धता व्यक्त गरे । जिल्लामा सवैभन्दा कम वजेट भएको स्थानिय तहमा ईस्मा परेता पनि सबै जनतालाई एउटै परिवार मानी कामगर्ने उनले बताए । ईश्माले भोगेको प्राकृतिक विपतमा ईस्माली समाज रुपन्देहीले गरेको सहयोगको प्रशंसा गर्दै उनले ईस्माको जुकेपानी र नुवालामा गएको पहिरो तथा कोभिड १९ को त्रासमा रहेका जनतालाई समाजले सहयोग जुटाएर पठाएको उहाँले स्मरण गरे । ईस्मालाई शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकासको गतिमा अघि बढाउन आफूले दिनरात नभनी कर्म गरेको चर्चा गर्दै गाउँपालिका अध्यक्ष खड्काले कृषि र पर्यटनको क्षेत्रमा पनि नविन सोंचका साथ काम थालिएको उल्लेख गरे । ब्यवसायिक कृषि गर्न चाहने युवालाई विशेष प्याकेजको ब्यवस्था गरिएको, मासुमा गाउँपालिका आत्मनिर्भर रहेको र दुधमा आत्मनिर्भर हुन नसकेकाले कम्तीमा पाँच वटा गाई भैसी पाल्ने किसानलाई विषेश सुविधा दिने कार्ययोजना पालिकाले निर्माण गरेको उनले बताए ।
ईस्माबाट रुपन्देही झरेर उद्योग ब्यवसाय गरेका उद्योगीव्यवसायीलाई आफ्नो जन्मभूमिको माटो बाँझो नराख्न आग्रह गर्दै अध्यक्ष खड्काले बाँझो रहेको जग्गामा माटो परीक्षण गरेर उपयुक्त फलफूल तथा बाली लगाउन आग्रह गरे ।
ईस्माली समाज रुपन्देहीका अध्यक्ष वाबुराम गौतमको सभापतित्वमा भएको कार्यक्रममा समाजका द्धितीय उपाध्यक्ष तिलक महत, समाजका शेर बहादुर केसी, भिमलाल घिमिरे, धर्म प्रसाद गौतम, पुनाराम पोखरेल, श्याम खरेल, लक्ष्मी अर्याल, मित्र गौतम, समाजका सचिव लोक प्रसाद खरेल लगायतले ईस्माको विकासमा समाजले रुपन्देहीवाट पनि पहलगर्ने धारणा राखेका थिए ।

≪ Previous Post

सदुपयोग सहकारी संस्थामा नयाँ नेतृत्व चयन

Next Post ≫

सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैँ मिलन कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क