Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदुपयोग सहकारी संस्थामा नयाँ नेतृत्व चयन
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदुपयोग सहकारी संस्थामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७९ · 0
सदुपयोग सहकारी संस्थामा नयाँ नेतृत्व चयन
60
SHARES
ShareTweet

सहकारीलाई उत्पादनसंग जोड्न सुझाव

तिलोत्तमा, ८ असोज । रुपन्देहीको तिलोत्तमा २ स्थित ससदुपयोग बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
शनिवार भएको अधिबेशनवाट संस्थाको अध्यक्षमा कमल अर्याल, उपाध्यक्षमा नारायणी शर्मा अधिकारी, सचिवमा प्रकाश चापागाई र कोषाध्यक्षमा ढकबहादुर टण्डन निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मुकुन्दराज कँडेल, पुर्णप्रसाद अर्याल, समिता आचार्य भट्टराई, रमाकान्त अर्याल र प्रेम नेपाली निर्वाचित भएका छन् ।
अधिबेशनले मिना रेश्मीको संयोजकत्वमा जमुना वस्नेत र मनोजकुमार नाउ सदस्य रहेको लेखा समिति चयन गरेको छ ।
यसअघि साधारण सभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नं. २ का अध्यक्ष डिलबहादुर भट्टराईले सहकारीलाई उत्पादन संग जोड्नुपर्ने वताए । सहकारी संस्थामा धेरै जनाको निक्षेप संकलन हुने र शेयर सदस्यहरुले संस्थाबाट धेरै प्रतिफलको आशाा गर्ने भएकाले संस्थाका संचालकहरु लगानी र अशुलीमा मात्र सिमित नभई सदस्यहरुलाई आत्म निर्भर र स्वरोजगार वनाउने खालका तालिम कार्यक्रम संचालन गर्नेतर्फ लाग्नुपर्ने उनले वताए ।
सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर टण्डनले नयाँ शेयर सदस्य बृद्धि गर्ने, एक जना शेयर सदस्यले एक जना नयाँ सदस्य थप गर्ने, शेयर सदस्यका गरिव तथा जेहेन्दार छोराछोरी मध्ये प्रतिवर्ष एक जनालाई माध्यमिक तहको शिक्षा अध्ययनका लागि १० हजार सम्मको छात्रबृत्ति प्रदान गर्ने लगायतका प्रस्ताव प्रस्तुत गरे ।
कार्यक्रममा तिलोत्तमा ३ का वडाध्यक्ष कल्याण पौडेल, पत्रकार खिमानन्द भट्टराई, सहकारीका संस्थापक अध्यक्ष ईश्वर शर्मा, शेयर सदस्य भिम पौडेल, महेन्द्र बस्नेत लगायतले वोल्दै सहकारी संस्थाका कार्यक्रमहरुलाई समयसापेक्ष परिमार्जन गर्दै शेयर सदस्यहरुलाई वढि भन्दा वढि प्रतिफल दिनुपर्ने सुझाव दिए ।
सो अवसरमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने निवर्तमान कार्यसमितिका पदाधिकारी, उपसमितिका संयोजक, सदस्य तथा सल्लाहाकारहरुलाई सम्मान गरिएको थियो ।

 

≪ Previous Post

रुपन्देहीका सर्जकहरुको विवरण समावेस गरिएको स्रष्टाकोशको लोकार्पण

Next Post ≫

पहाडबाट शहर वजारमा हुने बसाई सराई रोक्न शिक्षा, स्वास्थ्य, सडकको विकासमा ध्यान दिन जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क