Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीका सर्जकहरुको विवरण समावेस गरिएको स्रष्टाकोशको लोकार्पण
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देहीका सर्जकहरुको विवरण समावेस गरिएको स्रष्टाकोशको लोकार्पण

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७९ · 0
रुपन्देहीका सर्जकहरुको विवरण समावेस गरिएको स्रष्टाकोशको लोकार्पण
70
SHARES
ShareTweet

बुटवल, ८ असोज । साहित्यकार पुरुषोत्तम पाण्डेयको सङ्कलन तथा सम्पादनमा लुम्बिनी वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित रुपन्देही स्रष्टाकोश लोकार्पण भएको छ ।
स्रष्टाकोशमा रुपन्देहीमा विगत र वर्तमानमा साहित्य र समालोचनाको क्षेत्रमा क्रियाशील दुई सय सात जना साहित्यकार, उनान्नब्बे जना गायक, सङ्गीतकार, निर्देशक र अभिनयकर्मी तथा सत्चालिस जना चित्रकार तथा मूर्तिकार एवम् छ जना संस्कृतिविद्हरूको व्यक्तिगत र कृतिगत विवरण समावेश गरिएको छ । यस्तै थप ४२ जना स्रष्टाहरूको नामावलीसहित जम्मा तीन सय एकानब्बे जना सर्जकहरूको विवरण समावेश गरिएको छ ।
कृतिको समीक्षा गर्दै डा. शालिकराम पौड्यालले तीन वर्षभन्दा बढी समय लगाएर सङ्कलन र प्रकाशन गरिएको स्रष्टाकोश उपयोगी ग्रन्थ बनेको बताउँदै छुटेका स्रष्टाहरूको विवरण अद्यावधिक गर्नुपर्ने र कृतिलाई अझै ओजिलो बनाउन सर्जकहरूका बारेमा थप विवरण राख्दा उपयुक्त हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार जङ्गबहादुर शाहले रुपन्देही स्रष्टाकोश प्रकाशन हुनु रुपन्देहीका लागि गौरवको कुरा भएको बताउँदै स्रष्टाकोश सर्जकहरूको खोजी र पहिचानमा कोसेढुङ्गा साबित भएको बताए ।
कार्यक्रममा स्रष्टाकोशका सङ्ककलक तथा सम्पादक एवम् लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयले स्रष्टाकोश प्रकाशनका लागि साथ, सहयोग र प्रेरणा प्रदान गर्ने शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै स्रष्टाकोशमा सबै सर्जकलाई समेट्ने प्रयास गर्दागर्दै पनि समावेश गर्न नसकिएको र आगामी दिनमा समय, परिस्थिति अनुकूल स्रष्टाकोशलाई अद्यावधिक गरिने बताए ।
कार्यक्रममा साहित्यकार रुद्र ज्ञवाली, प्राज्ञ बूँद राना, ऋषिराम भुसाल, प्रा.डा. हिरण्यलाल ज्ञवाली, दीप बोर्डिङ हाई स्कुलका उपप्राचार्य कलाधर अर्याल, नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ यमबहादुर थापा, गायक तथा सङ्गीतकार सुरेश सेन्चुरी, लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद लगायतले बोल्दै रुपन्देही स्रष्टाकोशले रुपन्देहीको भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको बताए ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष बिजु पछाईले स्वागत तथा कार्यक्रमको सञ्चालन कल्पना कुसुमले गरेकी थिइन् ।

≪ Previous Post

शान्तिमा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा

Next Post ≫

सदुपयोग सहकारी संस्थामा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क