Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्तिमा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

शान्तिमा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७९ · 0
शान्तिमा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा
90
SHARES
ShareTweet

तिलोत्तमा, ८ असोज । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा भएको छ ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा शनिबार क्वाटर फाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने टिमको टुङ्गो लागेको हो । आज भएको पहिलो क्वाटर फाइनल खेलमा शान्ति नमुनाले लुम्बिनी सिटी कलेजलाई ३–१ को गोल अन्तरले हराउन सफल भएको छ । शान्तिको जीतका लागि शेखर पौडेलले २ गोल गरे भने उत्सव गुरुङले १ गोल थपेका हुन् । यस्तै लुम्बिनी सिटीका लागि १ मात्र गोल सुनिल गुरुङले गर्न सफल भए ।
त्यस्तै दोस्रो क्वाटर फाइनल खेलमा अक्सफोर्ड मा.वि. ले पर्ल मा. वि.लाई सडेन डेथमा हराएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोएिपछि विजेताको टुङ्गो पेनाल्टी हुँदै सडेन डेथमा गएर लागेको थियो ।
त्यस्तै तेस्रो क्वाटर फाइनलमा जनता मा.वि.लाई १२–२ को गोल अन्तरले हराउदै पामिर इन्टरनेशनल एकेडेमीले सेमिफाइनलको यात्रा तय गरेको छ । पामिरको जीतमा केशव कुमार क्षेत्रीले ट्रिपल ह्याट्रिक गरे भने बिनोद रनपाल, अनमोल कुवँर र आशिस ज्ञवालीले १–१ गोलको योगदान गरे ।
त्यस्तै चौथो क्वाटर फाइनलमा न्यू होराइजन बोडिङले शंकर मा.वि.लाई ३–० को गोल अन्तरले हराएको छ । होराइजनको जीतका लागि मनोज सिल्वालले २ गोल र भेष बहादुर रेष्मीले १ गोल गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत आइतबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनलमा आयोजक शान्ति नमुना मा. वि. र अक्सफोर्ड मा.वि. आमने सामने हुनेछन भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनलमा पामिर एकेडेमीले न्यू होराइजन मा.वि.को सामना गर्ने शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताए ।
प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ । प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक क्लवका सचिव नारायण ज्ञवाली बताए ।

≪ Previous Post

राष्ट्रपतिको कदमविरुद्ध सत्तारूढ दल निकट विद्यार्थी संगठनको प्रदर्शन

Next Post ≫

रुपन्देहीका सर्जकहरुको विवरण समावेस गरिएको स्रष्टाकोशको लोकार्पण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क