Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैँ मिलन कार्यक्रम
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैँ मिलन कार्यक्रम

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0
सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैँ मिलन कार्यक्रम
60
SHARES
ShareTweet

बुटवल, १० असोज । बुटवल–६ श्रवणपथस्थित ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालि’को प्रथम पूर्ण बैठक तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, रसायन शास्त्रका प्राध्यापक बसन्तराज खनालको प्रमुख आतिथ्यता, संस्थाका सल्लाकार डा.तिलक भुषाल र डा.अरुणकुमार क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्राध्यापक खनालले प्रयोगशालाको सेवालाई बुटवलमा मात्र नभएर बाहिरी जिल्लाहरुमा पनि बिस्तार गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा निजी लगानीले समाजका लागि ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै उहांले स्थापना भएको छोटो समयमा नै एउटा छुट्टै पहिचान बनाउन सफल भएकोमा सम्पूर्ण टिमलाई बधाई दिनुभयो ।
संस्थाका सञ्चालक दलबहादुर लोहागुनले संस्थाको भावि योजनासहितको संक्षिप्त प्रस्तुति गर्नुभएको थियो । उहांले बुटवलमा नै बिरामीहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको प्रयोगशालामा दिशा पिसाब, खकार, विर्य साथै रगतबाट हुने सम्पुर्ण परीक्षण, कलेजो, मुटु, मिर्गौला, थाइराइड तथा विभिन्न हर्मनहरुको दक्ष मेडिकल टेक्नोलोजिष्टहरुद्वारा जाँच गरी विशेषज्ञ डाक्टरबाट परामर्श सेवा पाइने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालले बुटवलमै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको प्रयोगशालाले छोटो समयमा नै बिरामीहरुको मन जित्न सफल भएको बताउनुभयो ।
सञ्चालकको तर्फबाट कपिल न्यौपानेले स्वागत गरेको कार्यक्रममा कर्मचारी अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक कपिल न्यौपाने, दलबहादुर लोहागुन, सञ्चालक सदस्य पशुपति भट्टराई र विष्णुप्रसाद गैरेलाई सम्मान गरिएको थियो ।
बुटवलको अस्पताल लाइन भुड्की चोकदेखि पूर्व श्रवणपथमा यही असोज १ गते सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालिको औपचारिक व्यवसायिक शुभारम्भ गरिएको थियो ।

≪ Previous Post

पहाडबाट शहर वजारमा हुने बसाई सराई रोक्न शिक्षा, स्वास्थ्य, सडकको विकासमा ध्यान दिन जरुरी

Next Post ≫

सरकारका योजनाहरु जलवायु अनुकुलन हुनेतर्फ केन्द्रीत हुनुपर्ने विज्ञहरुको सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क