लुम्बिनी, २६ असोज । रुपन्देही क्षेत्र ३ क मा प्रदेशसभा तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेकपा माओबादी केन्द्रका नेता फैज अहमद खाँनले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
त्यस्तै प्रतिनिधी सभातर्फ स्वतन्त्र उम्मेदवारी दिनुुभएका खाँनका छोरा ईमदाद हुसेनले पनि उम्मेदवारी फिर्ता लिनुुभएको छ ।
राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाकालागि बर्तमान सत्ता गठबन्धन आवश्यक रहेको र गठबन्धनलाई थप बलियो बनाउदै गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउ आफुले उम्मेदवारी फिर्ता लिएको माओबादी सिद्धार्थ नगरका ईन्चार्ज समेत रहनुुभएका खाँनले बताउनुुभयो । गठबन्धन बलियो बनाउन पार्टीका केन्द्रीय अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको निर्देशन, प्रदेश, जिल्ला तथा स्थानीय पार्टीका साथीहरुको आग्रह बमोजिम आफुुले उम्मेदवारी फिर्ता लिएको उहाँले बताउनुुभयो ।
उम्मेदवारी फिर्ता पछि प्रतिक्रिया दिदै खाँनले आफुु सत्ता गठबन्धनमा रहेका उम्मेदवारलाई बिजयी गराउन आफ्नो र अन्य पार्टीका साथीहरुसंगै सहकार्य गरेर अगाडी बढ्ने बताउनुुभयो । उहाँले कांग्रेस, लोकतान्त्रिक समाजबादी, नेकपा समाजबादी र जनमोर्चाको गठबन्धन राष्ट्रिय आवश्यकता र समग्र मुलुकको हितमा रहेको उल्लेख गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुुको बिकल्प नरहेको बताउनुुभयो ।
निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको थियो ।
यस्तै गुल्मीमा पनि माओवादी केन्द्रबाट उमेदवारी दिएका दुई जना मध्ये एक जनाले आफ्नो उमेदवारी फिर्ता गरेका छन् भने एक जनाको फिर्ता हुन सकेन । क्षेत्र नम्वर १ प्रदेश ख मा गठबन्धनका आधिकारिक उमेदवार धनेन्द्र कार्की विरुद्ध उम्मेदवारी दिनुभएका माओवादी केन्द्र प्रदेश कमिटी सचिव रामचन्द्र कँडेलले आफ्नो उमेदवारी फिर्ता लिनुभएको हो । गठबन्धनका उमेदवार कार्कीलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता गरेको कँडेलले बताउनुभयो ।
क्षेत्र नम्वर २ को क प्रदेशबाट गठबन्धनका आधिकारिक उम्मेदवार भुवनप्रसाद श्रेष्ठ बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्र मुसिकोट नगरकमिटी अध्यक्ष युवराज खरेलले भने समयावधिका कारण फिर्ता लिन पाउनुभएन ।
खरेलले उम्मेदवारी फिर्ता नभए पनि गठबन्धनका उमेदवार भुवनप्रसाद श्रेष्ठलाई समर्थन गर्ने बताउनुभयो ।
प्रमुख निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गुल्मीका दुई क्षेत्रमा गरी चार जनाले उमेदवारी फिर्ता लिएका छन् । जिल्लामा कुल ६६ जनाले उमेदवारी दिएका थिए ।
