Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नागरिकता विधेयक रोकेर राष्ट्रपतिद्वारा संविधानमाथि अतिक्रमण : गृहमन्त्री खाँण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नागरिकता विधेयक रोकेर राष्ट्रपतिद्वारा संविधानमाथि अतिक्रमण : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0
नागरिकता विधेयक रोकेर राष्ट्रपतिद्वारा संविधानमाथि अतिक्रमण : गृहमन्त्री खाँण
90
SHARES
ShareTweet

बुटवल, १० असोज । गृहमन्त्री बालकृष्ण खाँणले देशका शासक र प्रशासक मुलुकका सेवक हुन भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउनु भएको छ ।
संबिधानको अक्षरस पालना नहुदा सम्म मुलुकमा शुसासन नआउने भन्दै गृहमन्त्री खाँणले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको आरोप लगाउनु भयो । उहाँले नेपालको संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुने छैनन् भनी गरेको व्यवस्थालाई राष्ट्रपतिले नागरिकता विधेयक रोकिँदा लाखौं नागरिक सम्बैधानिक व्यवस्थाको पालनावाट बन्चित हुन परेको तितो सत्य उजागर गर्नु भयो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको पाँचौं स्थापना दिवसलाई सोमबार बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री खाँणले २०७८ साल जेठ २७ गते के पी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरुले जस्ताको तस्तै अगाडि बढाएको खुलासा गर्नुभयो ।
मुलुकका एक जना पनि नागरिक नागरिकता विहीन हुँदा गृहमन्त्रीको नाताले आफूले त्यसको जवाफ दिनुपर्छ भन्दै गृहमन्त्री खाँणले नागरिकताको पर्खाईमा रहेका लाखौं नागरिक अनागरिक हुँदा विधेयक रोक्नेहरु जवाफदेही हुन जरुरी रहेको चेतावनी दिनुभयो ।
गृहमन्त्री खाँणले संविधान कार्यान्वयनकालागि नागरिकता विधेयकलाई अगाडी बढाएको बताउंदै राष्ट्रपतिको नाम नलिए पनि विधेयक रोक्नु संविधान माथिको अतिक्रमण र गैर संवैधानिक काम भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकता नहुंदा नागरिक शिक्षा देखि बैंकमा खाता खोल्ने कामवाट समेत बञ्चित हुनुपर्ने बताउनु भयो ।
गृहमन्त्री खाँणले मंसिर ४ गते हुने निर्वाचन वितेको स्थानीय तहको निर्वाचन जस्तै स्वच्छ र धाँधली रहित रुपमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोराउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सञ्चार तथा कानुन मन्त्री तिलकराम शर्माले संघियताको सहि कार्यान्वयन अझै हुननसकेको भन्दै त्यसतर्फ गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले मुलुकको अर्थतन्त्रका वारेमा वहश चलाउन जरुरी रहेको औल्याउनु भयो ।
कार्यक्रममा राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, लुम्बिनी प्रदेशका सञ्चार तथा कानुन मन्त्रालयका सचिव कोमल धमला, रिपोर्टर्स क्लब नेपाल लुम्बिनी संयोजक रामकुमार क्षेत्रीलगायतले संघियता र शुसासनकालागि सवैले आआफ्नो दायित्व पुरा गर्न आवश्यक रहेको औल्याउनु भएको थियो ।
क्लबले पाँचौँ स्थापना दिवसको अवसरमा नागरिक दैनिक लुम्बिनी प्रदेश संयोजक पत्रकार रेखा भुसाल र नेपाल प्रेस अनलाइनका प्रदेश संयोजक रामप्रसाद आचार्यलाई नगद सहित पुरस्कृत गरेको थियो । यसै गरी क्लवले प्रदेशको उत्कृष्ट कर्मचारीको रुपमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका निमित्त प्रमुख मुक्तिराम पाण्डेलाई सम्मान गरेको थियो ।

≪ Previous Post

बुटवलमा दशैं सस्तो बजार सुरु

Next Post ≫

तिनाउ नदी किनारमा पहिलोपटक सन्ध्याकालिन आरती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क