Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनाउ नदी किनारमा पहिलोपटक सन्ध्याकालिन आरती
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिनाउ नदी किनारमा पहिलोपटक सन्ध्याकालिन आरती

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0
तिनाउ नदी किनारमा पहिलोपटक सन्ध्याकालिन आरती
60
SHARES
ShareTweet

बुटवल, १० असोज । बुटवल ३ गोलपार्कस्थित तिनाउ नदी (तिलोत्तमा) किनारमा पहिलोपटक सन्ध्याकालिन आरती गरिएको छ । दुर्गा मन्दिरको पश्चिममा रहेको संरचनामा सन्ध्याकालिन आरती गरिएको हो ।
आरती पूजाको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले बुटवलमा यसप्रकारको आरती गर्नका लागि संरचना बनाउने प्रतिबद्धता जनाउनुभयो ।
४३ औँ विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा यो कार्यक्रम गरिएको आयोजक संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एनेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो ।
शंखध्वनीका साथ आरती र स्तोत्र पाठसहित धुप बालेर ३ जना पण्डितले बिधिपूर्वक ४५ मिनेटसम्म आरती पूजा गरेका थिए । बुटवलका जितगढी, फूलबारी, हिलपार्क आउने पर्यटकलाई लक्षित गरि आरती गरिएको हो । आरतीलाइ दैनिक गर्नेगरि निरन्तरता दिनका लागि आफूहरुले सक्दो सहयोग गर्ने बुटवल ३ का वडाध्यक्ष बिष्णु ढकालले बताउनुभयो ।
कोरोनाले थला परेको पर्यटन उद्योगलाई कसरी चलायमान बनाउन र सिमावर्ती भारतीय पर्यटकहरुलाई यहाको धार्मिक, साँस्कृतिक ऐतिहासिक शहरको रुपमा स्थापित गर्न सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रम संयोजक गणेश भट्टराईले बताउनुभयो ।
बुटवलमा धार्मिक तथा साँस्कृतिक पर्यटनमा आरतीले नयाँ आयाम थपिने र छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने अनुमान गरिएको छ । आरतीका लागि अहिलेकै स्थान उपयुक्त हुने युवा ज्योतिष जनार्दन न्यौपानेको भनाइ छ ।

≪ Previous Post

नागरिकता विधेयक रोकेर राष्ट्रपतिद्वारा संविधानमाथि अतिक्रमण : गृहमन्त्री खाँण

Next Post ≫

श्रृङ्गेश्वर धाममा दशैं र तिहारको शुभकामना आदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क