Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रृङ्गेश्वर धाममा दशैं र तिहारको शुभकामना आदान प्रदान
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

श्रृङ्गेश्वर धाममा दशैं र तिहारको शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७९ · 0
श्रृङ्गेश्वर धाममा दशैं र तिहारको शुभकामना आदान प्रदान
80
SHARES
ShareTweet

बुटवल, १४ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४, डिङ्गरनगरमा साढे चार करोड बढी लगानीमा बनेको जेष्ठ नागरिक मिलन केन्द्रको दीगो सञ्चालनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्ने सरोकारवालाले बताएका छन् ।
जेष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा श्रृङ्गेश्वर धाममा गुल्मेली सम्पर्क समाज रुपन्देही, श्रृङ्गेश्वर धाम, अलौकिक रेसुङ्गा वचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा खेम ओमी पुन कल्याणकारी प्रतिष्ठान (छोरी शिक्षा) को संयुक्त आयोजनामा विजया दशमी, दीपावली, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा वोल्नेहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर बासुदेव घिमिरेले ज्येष्ठ केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्ने र नियमित वजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले चाडपर्वहरुले सबै समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।
ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका प्रमुख संरक्षक तथा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण पन्थ, केन्द्रका संरक्षक एबं श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, वरिष्ठ पत्रकार खिमानन्नद भट्टराई, खेम ओमी पुन प्रतिष्ठानकी सरिता श्रीस, धामका उपाध्यक्ष जेपी कंडेल, अर्घाखाँची रुपन्देही सम्पर्क समाजका अध्यक्ष हरि पौडेल, अलौकिक रेसुङ्गा सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेल, गुल्मेली सम्पर्क समाजका संस्थापक सदस्य डा. जिवलाल सापकोटा, च्याम्वर अफ कमर्सका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, प्याब्सन प्रदेश अध्यक्ष लालहरि पाण्डे, टोल विकास संस्थाका अध्यक्ष कोषबहादुर बस्नेतलगायतले केन्द्रको दिगो विकासका लागि सबैको साथ सहयोगको आवश्यक्ता रहने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हरि कंडेलले गर्नुभएको थियो ।

≪ Previous Post

तिनाउ नदी किनारमा पहिलोपटक सन्ध्याकालिन आरती

Next Post ≫

आज बडा दशैं, मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क