Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा दशैं सस्तो बजार सुरु
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा दशैं सस्तो बजार सुरु

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0
बुटवलमा दशैं सस्तो बजार सुरु
50
SHARES
ShareTweet

बुटवल, १० असोज । बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिसर वालमन्दिरमा दशैं सस्तो बजार सञ्चालन गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले दशैं सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवद्र्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै बुटवलको गौरव र आकर्षणलाई बढाउनको लागि स्थानीय संघसंस्थाहरुले सोंच्ने बेला आएको भनाई राख्नुभयो । उहाँले बुटवलमा मानिसहरुको आकर्षण बढाउनको लागि वडा नं. १ पुरानो बुटवल (बटौली) बाट कामको सुरुवात गर्नुपर्ने बताउँदै नगरपालिकाले सोही अनुसार कामको थालनी गरेको जानकारी गराउनु भयो ।
बुटवलमा पार्किङको समस्या रहेको बताउँदै पार्किङ व्यवस्थापनको लागि पुराना भवनहरुलाई पुनः निर्माण गरि अन्डरग्राउण्ड २ तला र माथिल्लो भागमा समेत पार्किङ गर्न मिल्ने गरी नयाँ भवन निर्माण गर्ने सोँच बनाएको जानकारी गराउनु भयो । त्यसको लागि पिपिपि मोडल उपयुक्त हुने उहाँको भनाई छ ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दशैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मुल्यमा बस्तुको विक्रिवितरण गरिने जानकारी गराउनु भयो । संघले विगतदेखि सञ्चालन गर्दै आएको दशैं सस्तो बजार एउटा निरन्तरता मात्रै नभएर सर्वसाधारणलाई लक्षित गरेर राष्ट्र बैंक र संघको सहकार्यमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको, नुन, तेल, चिनी, मसला लगायतका दैनिक उपभोग्य सामान राखिएको जानकारी गराउनु भयो ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुनेगरी व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाईको गुणस्तर तथा उपभोक्ता मूल्यलाई समेत ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।
जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले अपराधिक गतिबिधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको जानकारी गराउनु भयो । खुला सिमानाकाबाट हुने चोरी निकासी रोक्नको लागि प्रशासनबाट काम भईरहेको बताउँदै बस्तुको मूल्यलाई प्रतिस्पर्धी बनाउन पनि सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पण्डित पौडेलले रसिया युक्रेन युद्धले नेपालमा मात्रै नभएर विश्वमै मूल्यबृद्धि भएको भनाई राख्नुभयो । उहाँले यसका कारण नेपाली अर्थतन्त्र ठूलो दवावमा रहेको बताउँदै दुई तिन वर्ष यता आयातमा भएको अत्यधिक बृद्धिले अधिक व्यापार घाटा, विदेशी सञ्चिति कमजोर हुन पुगेको भनाई राख्नुभयो । यद्यपि विदेशी मुद्रा सञ्चिति सुधारोन्मुख रहेको पनि जानकारी गराउनु भयो । यसले उपभोक्तालाई परेको मर्कामा संघले सस्तो बजार सञ्चालन गरेर राम्रो काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अहिले बैंक तथा वित्तिय संस्थामा लगानी योग्य साधनको अभाव रहेको र व्याजदर बृद्धि हुँदा कर्जा महंगो पर्न गएको बताउँदै उहाँले जुन क्षेत्रमा कर्जा चाहेको हो त्यही क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी लगायतले शुभकामना व्यक्त गर्दै संघले सरकारले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।
असोज १४ गते पञ्चमी सम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चिया, कफि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामाग्रीहरुको विक्री वितरण गरिने छ । त्यस्तै दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको छ, लायन्स क्लव अफ बुटवल युथले निःशुल्क सुगर परीक्षण गरेको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी गराउनु भयो ।

≪ Previous Post

श्रृङ्गेश्वर धाममा छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता

Next Post ≫

नागरिकता विधेयक रोकेर राष्ट्रपतिद्वारा संविधानमाथि अतिक्रमण : गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क