Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रृङ्गेश्वर धाममा छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

श्रृङ्गेश्वर धाममा छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता

संसारपोस्ट संवाददाता · १० आश्विन २०७९ · 0
श्रृङ्गेश्वर धाममा छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि सम्झौता
80
SHARES
ShareTweet

बुटवलका स्व. खेम पुनको स्मृतिमा छोरी शिक्षा कार्यक्रम
बुटवल, १० असोज । खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठान बुटवलले छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायी तथा समाजसेवी स्व. खेम पुनको स्मृतिमा स्थापना गरिएको खेम–ओमि पुन कल्याणकारी प्रतिष्ठान बुटवलले छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि प्रकृया शुरु गरेको छ ।
आउने शैक्षिक सत्रदेखि छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि खेम–ओमि पुन कल्याणकारी प्रतिष्ठान र रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना अनुरुप श्रृङ्गेश्वर धाम मातहत सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्रबीच सम्झौता भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी खेम–ओमि पुन कल्याणकारी प्रतिष्ठानकी अध्यक्ष ओमीकला पुन र ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेबीच छोरी शिक्षा कार्यक्रमका लागि भवन निर्माण र कार्यविधिबारे लिखित सम्झौता गरिएको छ ।
तिलोत्तमा नगरपालिकाको डिङ्गरनगरस्थित श्रृङ्गगेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको आनन्द भवनमा चौथो तला निर्माण गरी छोरी शिक्षा कार्यक्रमका लागि छात्राबास सञ्चालन गरिने छ ।
शुरुमा २० जना छोरीहरुलाई आवास, खाना र पढाईदेखि सबै खर्च प्रतिष्ठानले ब्यहोर्ने छ । पढन् मन भएका तर आर्थिक अभावले शिक्षाबाट बन्चित भएका छोरीहरुलाई निःशुल्क पढाउने प्रतिष्ठानको लक्ष्य रहेको छ ।
स्व. खेम पुनका अधुरा कामहरु पुरा गर्नका लागि शिक्षाबाट बन्चित गरिब तथा जेहेन्दार छोरीहरुलाई पढाउनका लागि छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको पुनकी धर्मपत्नी प्रतिष्ठानकी अध्यक्ष ओमीकला पुनले बताउनुभयो ।
स्व. खेम पुनकै प्रेरणाबाट सामाजिक अभियानमा लाग्नु भएकी ओमीकला पुनले पहिलो चरणमा २० जना छोरीहरुहरुलाई पढाउने र आवश्यक्ता अनुसार संख्या बढाएर पढ्न इच्छा गरेका छोरीहरुलाई उच्च शिक्षासमेत पढाउने लक्ष्य रहेको बताउनुभयो ।
शिक्षाको पहुंचमा पुग्न नसकेका गरिब परिवारका छोरीहरुलाई शिक्षा दिएर समाजमा स्थापित गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार छोरी शिक्षा कार्यक्रम चलाउन लागिएको पुन परिवारकी सदस्य शरिता श्रीसको भनाइ छ ।
यो व्यवस्थाले छोरीहरुलाई अधिकार दिने भनेपनि छोरी मान्छे त्यसैमाथि गरिब परिवारका छोरीहरु समाजमा स्थापित हुन नसकेकाले अधिकारमुखि बनाउनका लागि पनि छोरी शिक्षा कार्यक्रम प्रभावकारी बन्ने उहांको तर्क छ ।
छोरी शिक्षा कार्यक्रम नयां र नमुना काम भएकाले जष्ेठ नागकि मिलन केन्द्रले सहयोग गर्ने केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले प्रतिवद्वता जाहेर गर्नुभएको छ ।
राज्यले गर्नुपर्ने काम एउटा घरपरिवारले आंटेकाले समाजका सबैले साथ सहयोग दिएर छोरी शिक्षा कार्यक्रम सफल बनाउन हरेक नागरिकको दायित्व रहेको मिलन केन्द्रका अध्यक्ष पाण्डेले बताउनुभयो ।
श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारीले रुपन्देहीका लागि छोरी शिक्षा कार्यक्रम नौलो भएपनि यो कार्यक्रम सफल भए शिक्षाबाट बन्चित भएका गरिब परिवारका थुप्रै छोरीहरुले पढ्ने अवसर पाउने बताउनुभयो ।
गुल्मेली सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायण पन्थ, केन्द्रका सचिव पुरुषोत्तम पाण्डेय, श्रृङ्गेश्वर धामका सल्लाहाकार पत्रकार खिमानन्द भट्टराई, सुमित्रा शर्मा लगायतले छोरी शिक्षा कार्यक्रम सफल बनाउन पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।
अबको दुई महिना भित्र भवन निर्माण गरी छोरी शिक्षा कार्यक्रम सुरु गर्ने तयारी अनुरुप सम्झौता पत्रमा हस्ताक्षर गरी काम शुरु गरिएको छ । सोमबार विहान बैदिक विधि अनुसार पुजा आजा गरी स्वर्गीय खेम पुनकी छोरी रोजी पुनले भवनको शिलान्याश गर्नुभएको छ ।
छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि खर्चको आधारमा खेम–ओमि पुन कल्याणकारी प्रतिष्ठानको नामबाट आवश्यक्तानुसार अक्षयकोष स्थापना गर्ने स्व. खेम पुनका छोरा राजु पुन र छोरी रोजी पुनले प्रतिवद्वता जनाएका छन् ।

≪ Previous Post

सरकारका योजनाहरु जलवायु अनुकुलन हुनेतर्फ केन्द्रीत हुनुपर्ने विज्ञहरुको सुझाव

Next Post ≫

बुटवलमा दशैं सस्तो बजार सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क