बुटवल ९ साउन आर्थिक वर्ष २०७६÷०७७ मा उच्च अदालत तुल्सीपुर बुटवल इजलासले ६७ प्रतिशत मुद्धा फस्र्यौट गरेको छ । अंघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९७२ र नयाँ दर्ता भएका १ हजार ५२८ गरि २ हजार ५ सय मुद्धा मध्ये १ हजार ६८५ मुद्धा फस्यौट गरिएको अदालतका मुख्य न्यायाधिश बाबुराम रेग्मीले बताउनु भयोे । अदालतले […]
मुख्य समाचार
बुटवल, ९ साउन÷रुपन्देही व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला शुक्रवार बुटवलमा सम्पन्न भएको छ । संघ अन्तरगत रहेका बस्तुगत उपसमितिहरु गठन पुनर गठन गर्ने क्रममा सो भेला आयोजना गरिएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले पुरातनवादी सोचलाई परिवर्तन गर्दै […]
बुटवल ९ साउन, कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सामुदायिक वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडा नंं १ को राजकुडा सामुदायिक वनभित्र वन उपभोक्ता समितिको कार्यालय बनाउने भनी जिल्ला वन कार्यालयबाट स्वीकृति लिएर कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् । स्थानीयको माग र आवश्यकता विपरित नगरपालिका, वडा र सामुदायिक वनबाट […]
बुटवल ९ साउन नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेल र राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले शाखा भेटघाट कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैना र कञ्चन जेसिजको शाखा भ्रमण गर्नु भएको छ । कञ्चन जसिजो शाखा भ्रमणको क्रममा नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेलले जेसिज अन्य संघसंस्था जस्तो सामाजिक र र्धार्मिक संस्था नभई युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गराउने […]
बुटवल, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गत आर्थिक वर्षमा गैरकानुनी रुपमा लाभ लिएका ५० जना बिरुद्ध मुद्धा दायर गरेको छ । उनीहरु विरुद्ध ७८ करोड ८१ लाख ५५ हजार ४२८ रुपैंया असुल उपर गर्ने गरी मुद्धा दायर गरिएको छ । अख्तियारको बुटवल कार्यालयले २०७६÷०७७ मा ७० प्रतिशत बढी मुद्धा फस्र्यौट भएको […]
मणिग्राम, ८ श्रावण । नेपाल रेडक्रसको स्वर्णजयन्तीका अवसरमा तिलोत्तमा उपशाखाले आज (बिहीबार) नगरको वार्डनम्बर ९ स्थित विश्वशान्ति सामुदायिक आधारभूत विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । रेडक्रस तिलोत्तमाका अध्यक्ष रमेशकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णुप्रसाद पाण्डे, प्रधानाध्यापक डोलराज पाण्डे, पुष्प व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष रमेश पाण्डे, उपशाखाका निवर्तमान अध्यक्ष शिवप्रसाद गैरे […]
बुटवल ८ साउन । संघिय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताउनु भएकमो छ । उहांले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाउनु भयो । वाईडवडी देखि अहिलेको ओम्नी गु्रप सम्मलाई लेखा समितिले अध्ययन गरेर […]
नरेश चौधरी सियारी, ७ साउन । रुपन्देहीको सियारी गाउँपालिकाले कक्षामा नियमित उपस्थित हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका समुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । कक्षा ३, ५ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको अयोजना गरि पुरस्कार वितरण गरिएको हो । […]
बुटवल, ७ साउन । बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सम्पूर्ण कर्जाहरुको ब्याजदर घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी न्यूनतम १.१८ प्रतिशतले कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ । यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागि आर्थिक राहत होस भन्ने अभिप्रायले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा […]
नवलपरासी, ७ ुाउन । पूर्वी नवलपरासीमा बुधबार ६३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पूर्वी नवलपरासीकाको देवचुली नगरपालिका रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत कोरोना संक्रमित मध्ये ६३ जना डिस्चार्ज भएका हुन् । पि.सि.आर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । हालसम्म सामुदायिक प्राकृतिक चिकित्सालयबाट कोरोना मुक्त भई २ सय १२ […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]