Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपुरमा थप ६३ जना संक्रमित निको भएर घर फर्किए
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा थप ६३ जना संक्रमित निको भएर घर फर्किए

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७७ · 0
नवलपुरमा थप ६३ जना संक्रमित निको भएर घर फर्किए
90
SHARES
ShareTweet

नवलपरासी, ७ ुाउन । पूर्वी नवलपरासीमा बुधबार ६३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
पूर्वी नवलपरासीकाको देवचुली नगरपालिका रजहरमा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत कोरोना संक्रमित मध्ये ६३ जना डिस्चार्ज भएका हुन् । पि.सि.आर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
हालसम्म सामुदायिक प्राकृतिक चिकित्सालयबाट कोरोना मुक्त भई २ सय १२ जना डिस्चार्ज भईसकेका छन् भने ७८ जना संक्रमित अस्पतालमा उपचाररत रहेका छन् । अस्पताल प्रशासनले संक्रमितहरुमा जटिल प्रकृतिको संक्रमण भएर उपचार गर्नु भन्दा पनि जटिल प्रकृतिको संक्रमण हुन नदिने पद्दतिले उपचार गरेको दावी गरेको छ ।
पूर्वी नवलपरासीको रहजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय प्राकृतिक पद्दतिबाट उपचार गरिने एउटा अस्पताल हो । जुन आफैमा फरक छ । यहाँ अहिले पूर्वी नवलपरासीका कोरोना संक्रमितहरुलाई आइसोलेशनमा राखेर उपचार गरिएको छ ।
सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारका लागि ल्याइएका करिब ३ सय जना मध्ये २ सय १२ जना निको भएर घर फर्किएका छन् भने अब ७८ जना संक्रमितहरु उपचाररत रहेका छन् । कोरोना भाइरसको कुनै औषधी नभईरहेको बेला यहाँ उपचार गरिएका संक्रमितहरु भने भटाभट निको भएर घर फर्किरहेका छन् ।
अस्पतालका निर्देशक डा. विनोद पौडेलले आफूहरुले संक्रमितको उपचार गरेको भन्दा पनि संक्रमितहरुमा भाइरसको संक्रमण कसरी कम गर्न सकिन्छ त्यसमा आधारित रहेर संक्रमितहरुको आनिवानीमा परिवर्तन गरेका कारण संक्रमितहरु चाँडो निको भएको बताउनु भयो ।
यहाँ उपचाररत रहेका संक्रमितहरुको भनाई पनि त्यस्तै छ । प्राकृतिक चिकित्सालयमा आएपछि तनाव मुक्त भएको, योगा, रहनसहन र यस क्षेत्रको वातावरणले आफूहरुलाई चाँडो निको हुन सहयोग गरेको उनीहरु बताउँछन् ।
अस्थायी कोरोना अस्पतालको रुपमा विकास गरिएको रहजरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि आएका कोरोना संक्रमितहरुमा कुनै पनि जटिल प्रकृतिका समस्या अहिलेसम्म देखिएको छैन ।
कोरोना भाइरसबाट मुक्त भएर निको हुनका लागि प्राकृतिक चिकित्सालय विधिबाट गरिएको उपचार पद्धति अहिले सबैको चासोको विषय बनेको छ ।

≪ Previous Post

लकडाउनको अवधीमा बुटवलमा ५ हजार बढी युनिट रगत संकलन

Next Post ≫

शाइन रेसुङ्गा बैंकले कर्जाको ब्याज दर घटायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क