Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुङ्गा बैंकले कर्जाको ब्याज दर घटायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुङ्गा बैंकले कर्जाको ब्याज दर घटायो

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७७ · 0
शाइन रेसुङ्गा बैंकले कर्जाको ब्याज दर घटायो
70
SHARES
ShareTweet

बुटवल, ७ साउन । बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सम्पूर्ण कर्जाहरुको ब्याजदर घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी न्यूनतम १.१८ प्रतिशतले कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ ।
यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागि आर्थिक राहत होस भन्ने अभिप्रायले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु. ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ । बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशतका दरले रु. ३५ लाख रुपैयां छुट गरेको थियो ।
नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोभिड–१९ वाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तिगत घर कर्जा बार्षिक ९.५० प्रतिशतमा प्रवाह गर्नेे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो । अन्य कर्जाहरुमा समेत अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा योगदान पुराउने दावी बैंकले गरेकोे छ ।
बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ भने बैंकले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग कारोवार गरिरहेको छ । निकट भविष्यमा अधिराज्यभरि शाखा सञ्जाल विस्तार गर्ने प्रकृयामा रहेको बैंकले जानकारी गराएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक प्रदेश ५ को बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो ।

≪ Previous Post

नवलपुरमा थप ६३ जना संक्रमित निको भएर घर फर्किए

Next Post ≫

सियारी गाउँपालिकाद्वारा नियमित विद्यालयमा हाजिर हुने विद्यार्थी पुरस्कृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क