Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सियारी गाउँपालिकाद्वारा नियमित विद्यालयमा हाजिर हुने विद्यार्थी पुरस्कृत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सियारी गाउँपालिकाद्वारा नियमित विद्यालयमा हाजिर हुने विद्यार्थी पुरस्कृत

संसारपोस्ट संवाददाता · ७ श्रावण २०७७ · 0
सियारी गाउँपालिकाद्वारा नियमित विद्यालयमा हाजिर हुने विद्यार्थी पुरस्कृत
80
SHARES
ShareTweet

नरेश चौधरी
सियारी, ७ साउन । रुपन्देहीको सियारी गाउँपालिकाले कक्षामा नियमित उपस्थित हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका समुदायिक विद्यालयका विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
कक्षा ३, ५ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको अयोजना गरि पुरस्कार वितरण गरिएको हो । सवैभन्दा बढि विद्यालयमा हाजिर हुने विद्यार्थी छनौट गरी प्रथम, द्वितीय र तृतिय पुरस्कार वितरण गरिएको छ । जसमा कक्षा ३ मा सबैभन्दा बढि हाजिर हुने विद्यार्थीलाई प्रथम पुरस्कार छ हजार, द्वितीयलाई रु. पाँच हजार र तृतियलाई रु तीन हजार पाँच सय रुपैयाँ नगद प्रदान गरिएको छ । त्यस्तै कक्षा ५ मा सबै भन्दा वढि हाजिर हुने विद्यार्थीलाई प्रथम पुरस्कार रु सात हजार, द्वितीयलाई रु पाँच हजार पाँच सय र तृतियलाई रु चार हजार तथा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु मध्ये सबैभन्दा वढि हाजिर हुनेलाई प्रथम पुरस्कार रु आठ हजार, द्वितीयलाई रु छ हजार र तृतियलाई रु पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी गराउनु भयो ।
यस खालको पुरस्कार तथा प्रोत्साहनले विद्यार्थीहरुलाई नियमित विद्यालयमा उपस्थित गराउन तथा शैक्षिक गुणस्तर सुधारमा मद्दत मिल्ने भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।
यस्तै गाउँपालिका भित्र रहेका धार्मिक बालविकास केन्द्र, सामुदायिक बालविकास केन्द्र र विद्यालयमा रहेका बालविकास केन्द्रहरुलाई खेल्दै पढ्ने शैक्षिक समाग्री, खेलकुद तथा खेलौनाका सामान पनि वितरण गरिएको छ । बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन यी समाग्री बुधबार वितरण गरिएको हो ।
गत आर्थिक वर्ष ०७६÷७७ मा मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट प्राप्त भएको रु. ५ लाख रकम बराबरको सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । यस अघि लकडाउनका कारण सो सामाग्री वितरण गर्न बांकी रहेकाले लकडाउन ख्ुले संगै समाग्री वितरण गरिएको उहाँले बताउनु भयो । गाउँपालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले विभिन्न समयमा आर्थिक, भौतिक तथा अन्य सहयोग गर्दै आएको छ ।
पालिकामा जनप्रतिनिधि आईसकेपछि बालबालिकाहरुको स्वास्थ्यका लागि कुपोषणको दर घटाउन गर्भवती महिलाहरुको परिक्षण तथा आवश्यक पौष्टिक आहार र औषधी निःशुल्क रुपमा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।
विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति र गाउँपालिका सबै मिलेर शिक्षाको गुणस्तर सुधार र शिक्षण सिकाईकालागि उचित वातावरण निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने गाउँपालिका उपाध्यक्ष गुरुङको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मिनप्रसाद भट्टराई, लेखा अधिकृत नारायण पौडेल, शिक्षक, अभिभावक लगाएतले बोल्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा विद्यालय प्रति आकर्षण बढ्नुका साथै उपस्थिति दर वढाउन समेत टेवा पुग्ने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

शाइन रेसुङ्गा बैंकले कर्जाको ब्याज दर घटायो

Next Post ≫

राज्य संयन्त्र दुरुपयोग गरेर गरिएको अनियमितताको पर्दाफास हुन्छ : सभापति शाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क