Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राज्य संयन्त्र दुरुपयोग गरेर गरिएको अनियमितताको पर्दाफास हुन्छ : सभापति शाह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राज्य संयन्त्र दुरुपयोग गरेर गरिएको अनियमितताको पर्दाफास हुन्छ : सभापति शाह

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७७ · 0
राज्य संयन्त्र दुरुपयोग गरेर गरिएको अनियमितताको पर्दाफास हुन्छ : सभापति शाह
110
SHARES
ShareTweet

बुटवल ८ साउन । संघिय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताउनु भएकमो छ । उहांले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाउनु भयो । वाईडवडी देखि अहिलेको ओम्नी गु्रप सम्मलाई लेखा समितिले अध्ययन गरेर कारवाहीका लागि प्रक्रिया थाल्न सरकारलाई भनेको शाहले बताउनु भयो ।
वी पी कोईरालाको ३८ औं स्मृति दिवसका अवसरमा वी पी विचार समाजले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता शाहले सरकारले अपराधी बचाउने काम गर्न नहुनेमा जोड दिनुभयो । उहांले राज्य संयन्त्रको दुरुपयोग गरेर गरिएको अनियमितताको एक एक हिसाव जनताका अगाडि सार्वजनिक गर्ने पनि बताउनु भयो । वी पी ले परिकल्पना गरेको समाजवाद अहिले पनि व्यवहारमा नआएको भन्दै नेता शाहले दुर दराजका जनताको अवस्थालाई हेरेर विकासका योजना बनाउनु पर्ने बताउनु भयो ।
सो अवसरमा नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य फकरुद्धिन खाँले आफुलाई सार्वहाराको सरकार बताए पनि वर्तमान सरकारले आफु र आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गरेको बताउनु भयो । जनताको हितमा भन्दै आफ्नो कुर्ची बचाउने खेलमा सरकार लागेको उहांको टिप्पणि छ ।
नेपाली काँग्रेसका नेता तथा प्रदेशसभाका उमेदवार विष्णु पोख्रेलले अहिले सरकारले जनस्तरका संस्कृति र सम्बन्ध भत्काउने काम गरेको टिप्पणी गर्नु भयो । उहांले प्रधानमन्त्री जस्तोव्यक्तिले विना अध्ययन लहडमा बोलेर दुई देशका नागरिकहरुका विचमा दुस्मनीको वातावरण निर्माण गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा वी पी विचार समाज रुपन्देहीका अध्यक्ष शरद भट्टराईले समाजवाद मुखले मात्र भनेर नहुने भन्दै व्यवहारमा समाजवाद लागु गर्न सरकारलाई आग्रह गर्नु भयो ।
समाजका क्षेत्रिय अध्यक्ष अमेरिका कोहारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति मोहमद वकिल मुसलमान, समाजका सल्लाहकार हरि न्यौपाने, सचिव कृष्ण पोख्रेल, जिल्ला सदस्य नविन केसी, तिलोत्तमा अध्यक्ष कल्याण पौडेल,अशोक गोस्वामी लगायतले आआफ्ना धारणा राख्नु भएको थियो । सो अवसरमा समाजले कोरोना संक्रमणवाट बच्नका लागि मास्कको प्रयोग गरौं भन्दै सर्वसाधारण लाई मास्क वितरण गरेको थियो ।

≪ Previous Post

सियारी गाउँपालिकाद्वारा नियमित विद्यालयमा हाजिर हुने विद्यार्थी पुरस्कृत

Next Post ≫

रेडक्रसको स्वर्णजयन्तीमा विद्यालय परिसरमा वृक्षारोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क