Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ वनको जग्गामा सभा हल बनाइएको भन्दै आक्रोस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वनको जग्गामा सभा हल बनाइएको भन्दै आक्रोस

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0
वनको जग्गामा सभा हल बनाइएको भन्दै आक्रोस
70
SHARES
ShareTweet

बुटवल ९ साउन,
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सामुदायिक वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
वडा नंं १ को राजकुडा सामुदायिक वनभित्र वन उपभोक्ता समितिको कार्यालय बनाउने भनी जिल्ला वन कार्यालयबाट स्वीकृति लिएर कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
स्थानीयको माग र आवश्यकता विपरित नगरपालिका, वडा र सामुदायिक वनबाट गत दुई आर्थिक वर्षमा गरी लाखौं रुपैयां वजेटमा कभर्ड हल बनाइएको भन्दै स्थानीय रुष्ट बनेका छन् ।
वडामा सिंचाई कुलो, सडक ग्राभेल जस्ता प्राथमिक आवश्यकता हुंदाहुंदै कभर्ड हलमा ठूलो वजेट पारेर राज्य कोष दुरुपयोग गरिएको स्थानीय गौरिकान्त बन्जाडेले बताउनु भयो ।
कभर्ड हललाई वहुउद्देश्यीय सामुदायिक भवन भनेर वजेट पार्ने गरिएको उहाँले बताउनु भयो ।
यस्तै राजकुडा वनभित्रै बनाइएको सुपा देउराली मन्दिरमा समेत हरेक वर्ष वजेट विनियोजन हुंदै आएकोमा पनि स्थानीयले विरोध जनाएका छन् ।
‘गाउंलेको माग र प्राथमिकता एकातिर छ,वजेट कभर्ड हल र मन्दिरमा खर्च भइराखेको छ’– बन्जाडेले भन्नु भयो‘गाउंपालिकाको वजेट वडा अध्यक्षको रुचिका योजनामा मनोमानी खर्च हुने गरेको छ ।’ मन्दिरका लागि पनि ५० लाख रुपैयां भन्दा बढी वजेट खर्च गर्नेगरी वर्षेनी वजेट विनियोजन हुने गरेको छ ।
धार्मिक आस्थाका लागि सामान्य मन्दिर बनाएपनि हुने ठाउंमा अनावश्यकरुपमा ठूलो रकम खर्च देखाएर सरकारी वजेट दुरुपयोग भएको बन्जाडेले बताउनु भयो । जिल्ला वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरी पौडेलले सामुदायिक वनले वन उपभोक्ता समितिको कार्यालय भवनका लागि स्वीकृति दिएको बताउनु भयो । ‘सामुदायिक वनको कार्यक्रमका लागि भवन बनाउन स्वीकृति दिइएको हो,खेलकुद गतिविधि समेत गर्नेगरी कभर्ड हल बनाउन पाइदैन’–पौडेलले भन्नु भयो–‘स्थानीयबाट निवेदन आएपछि छानवीन गर्छौं ।’ वडा अध्यक्ष तेजबहादुर बस्नेतले वडावासीका लागि खेल गतिविधि सञ्चालन गर्न कभर्ड पनि आवश्यक पर्ने भएकाले वहुउद्देश्यीय सभा हलको स्वीकृति लिएर ३० लाख रुपैयांमा ठेक्का सम्झौता भएको बताउनु भयो । कभर्ड हलमा वन उपभोक्ताको कार्यालय सहितका संरचना बनाइने बताउंदै उहाँले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा मन्दिरका लागि बजेट विनियोजन नभएको प्रष्ट पार्नु भयो ।

≪ Previous Post

जेसिज युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास लागि साझा बिश्व बिद्यालय

Next Post ≫

व्यापार संघमा महिला उद्यमीको भेलाद्धारा महिला समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क