Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जेसिज युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास लागि साझा बिश्व बिद्यालय
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जेसिज युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास लागि साझा बिश्व बिद्यालय

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0
जेसिज युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास लागि साझा बिश्व बिद्यालय
100
SHARES
ShareTweet

बुटवल ९ साउन
नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेल र राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले शाखा भेटघाट कार्यक्रम अन्तर्गत रुपन्देहीको सैनामैना र कञ्चन जेसिजको शाखा भ्रमण गर्नु भएको छ ।
कञ्चन जसिजो शाखा भ्रमणको क्रममा नेपाल जेसिजका कार्यकारीरिणी उपाध्यक्ष शोभा खरेलले जेसिज अन्य संघसंस्था जस्तो सामाजिक र र्धार्मिक संस्था नभई युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गराउने १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवाहरुको साझा बिश्व बिद्यालय रहेको बताउनु भएको छ ।
जेसिज असल र सबल नेतृत्व दिन सक्ने सक्षम नेतृत्व उत्पादन गर्ने बिश्वभरका युुवाहरुको साझा संगठन भएको कार्यकारीरिणी उपाध्यक्ष खरेलले उल्लेख गर्नु भएको छ ।
उपाध्यक्ष खरेलले युवाहरुको ब्यक्तित्व,नेतृत्व,ब्यबसायिक र अन्तराष्ट्रिय बिकासका लागि जेसिजमा संगठित हुनुपर्ने बताउदै असल ब्यक्तित्व सक्षम नेतृत्वको बिकास बिना कुनैपनि समाज,क्षेत्र र संगठनलाई नेतृत्व दिन नसक्ने जिकीर गर्दै उर्जाशिल र सृजनात्मक उमेरमा सहि ब्यक्तित्व र नेतृत्वको बिकास संगै ब्यक्ति आत्मनिर्भर बनाउन ब्यबसायिक क्षमताको समेत सिपको बिकास गर्न जेसिज जस्तो बिश्व बिद्यालयमा आवद्ध हुन पाउनु गर्वको बिषय रहेको समेत बताउनु भएको थियो ।
यसैगरी जेसिजका राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले जेसिज कुनै सामाजिक संस्था नभई नेतृत्व र ब्यक्तित्व बिकासका लागि तालिम प्रदान गर्ने प्रशिक्षण केन्द्र भएको तर समाजमा युवाहरु पनि सक्षम र सवल नेतृत्वको लागि तयार हुदैछन भनि समाजमा पहिचान दिनका लागि समाजलाई जनचेतना प्रदान गर्ने कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको बताउनु भएको छ ।
उपाध्यक्ष प्याकुरेलले आफु मातहतको कुनै पनि शाखा जेसिजहरु सफल भए मात्र आफ्नो नेतृत्व सफल हुने बिश्वास गर्दै शाखाहरुमा आवद्ध युवाहरुलाई जेसिजको मूलमन्त्र अनुरुप ब्यक्तित्व,नेतृत्व संगसंगै सफल ब्यबसायी बनाउनमा आफ्नो कार्यकालको समय खर्चिने त्यसको लागि कञ्चन जेसिजलाई आवस्यक पर्ने सम्पुर्ण सहयोगहरु जुटाउन हरपल प्रतिबद्ध रहने बताउनु भएको छ ।
सफल शाखा र सफल नेपाल जेसिज बनाउन यस बर्ष कोभिड १९ ले दिएको चुनौतीलाई अवसरको रुपमा बिकास गर्नको लागि जेसिजमा आवद्ध युवाहरुको एकता र भावनाको बिकास हुनेमा समेत सकिने कञ्चन जेसिजका राष्ट्रिय उपाध्यक्ष प्याकुरेलले बिश्वास ब्यक्त गर्नु भएको थियो ।
यस्तै कञ्चन जेसजिका संस्थापक अध्यक्ष चुडामणी पौडेलले युवाहरुको अन्तरनिहित क्षमताको बिकास संगै समाजमा असल र योग्य नेतृत्वको बिकासका लागि कञ्चन जेसिजको स्थापना गरेको स्मरण गर्दै युवाहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न कार्य भैरहेको बताउनु भयो ।
यसैगरी कञ्चन जेसिजका मातृ शाखा सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले बिश्वका युवाहरु जसरी युवाहरु भित्र रहेको ब्यक्तित्व,नेतृत्व र ब्यबसायिक क्षमताको लागि जेसिजको भुमिका महत्वपुर्ण भएको बताउनु भयो । कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव चित्र तुलाचनले गर्नु भएको थियो भने आस्थापाठ कानुनी सल्लाहकार राधिका चौधरी र स्वागत कार्यकारीरिणी उपाध्यक्ष राजन शर्माले गर्नु भएको थियो ।

≪ Previous Post

७८ करोड ८१ लाख असुल गर्न ५० जना बिरुद्ध अख्तियारले चलायो मुद्धा

Next Post ≫

वनको जग्गामा सभा हल बनाइएको भन्दै आक्रोस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क