Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यापार संघमा महिला उद्यमीको भेलाद्धारा महिला समिति गठन
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यापार संघमा महिला उद्यमीको भेलाद्धारा महिला समिति गठन

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७७ · 0
व्यापार संघमा महिला उद्यमीको भेलाद्धारा  महिला समिति गठन
90
SHARES
ShareTweet

बुटवल, ९ साउन÷रुपन्देही व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला शुक्रवार बुटवलमा सम्पन्न भएको छ । संघ अन्तरगत रहेका बस्तुगत उपसमितिहरु गठन पुनर गठन गर्ने क्रममा सो भेला आयोजना गरिएको हो ।
सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाहरुको कमी रहेको भन्दै महिलाले उद्योग, व्यापार÷व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेको र त्यसरी लागेका महिलालाई सहयोगी वातावरण बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले संघसंग आबद्ध भएका वा नभएका सबै क्षेत्रका व्यवसायी महिलाहरुको लागि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा संघले फराकिलो सोंच राखेको बताउदै महिलाहरुमा उद्यमशीलता तथा व्यवसायीक क्षमता वृद्धि गर्ने विषयमा ध्यान जानु जरुरी रहेको धारणा राख्नु भयो ।
अध्यक्ष लोहनीले पहिलेको तुलनामा अहिले महिलाहरूमा उद्यमशील बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना आएका कारणले उद्यमशीलतामा महिलाहरू आउने क्रम बढेको छ, यसले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पारेको हुदा त्यसलाई राज्यले सम्बोधन गरि महिला मैत्री नितीहरु निमार्ण गरि सहयोग गर्न आग्रह गर्नु भयो ।
संघ प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारीले समाजको विकास पुरुषले मात्रै गरेर मात्र हुन्दैन भन्ने मान्यता अनुसार महिलाहरुलाई पनि समाजमा अगाडी बढाउनुु जरुरी रहेको भन्दै महिलाहरूलाई अगाडि लैजान सबै क्षेत्रबाट सहयोगीका हातहरु बढाउनु पर्ने बताउनु भयो ।
संघका महासचिव दयानीधि भण्डारीले महिलाहरुलाई निर्णायक तहमा पु¥याउन र क्षमतावान महिलाहरुलाई समाजमा चिनाउने काम संघसंंस्थाहरुले गर्ने हुदा संघसंस्थामा आवद्ध हुने अपिल गर्नु भयो ।
महिला उद्यमी भारती जोशीले महिलाहरू पछाडि पर्नुको मुख्य कारण हाम्रो विद्यमान सामाजिक संरचनाले गर्दा हो भन्दै त्यसलाई परिर्वतन गरि महिलाहरु स्वय अगाडी आउन हिम्मत गर्नु जरुरी रहेको बताउदै महिलाहरुलाई राज्यकातर्फबाट विशेष सहयोगको बातावरण हुनु पर्ने धारणा राख्नु भयो ।
रुपन्देही व्यापार संघ, महिला संयोजक शोभा जोशीको अध्यक्षता तथा कार्यसमिति सदस्य विष्णु घिमिरेको सञ्चालनमा भएको भेलाले सरस्वती पराजुलीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । जसमा सहसंयोजकमा संझना ज्ञवाली, सचिवमा मञ्जु भट्टराई, कोषाध्यक्षमा सरिता नेपाल रहनु भएको छ । यसैगरि सदस्यहरुमा दुर्गा श्रेष्ठ, लक्ष्मी भट्टराई, कल्पना भन्डारी, लक्ष्मी ज्ञवाली, सुरेखा थापा र यमुना श्रेष्ठ रहनु भएको छ । समितिको सल्लाहकारमा मन्जु पराजुली, भारती जोशी, सरस्वती श्रेष्ठ र बबिता श्रेष्ठलाई चयन गरिएको छ ।

≪ Previous Post

वनको जग्गामा सभा हल बनाइएको भन्दै आक्रोस

Next Post ≫

बुटवल इजलासमा सबैभन्दा बढी जग्गा विवाद सम्बन्धि मुद्धा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क