रामकुमार श्रेष्ठ नवलपरासी, १ बैशाख । भारतको दिल्लीमा भएको निजामुद्धीन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता हुदै पैदल नेपाल छिरेका दुई जनालाई नवलपरासीमा स्थानीयले समातेर भारतीय प्रहरीलाई बुझाएका छन् । भारतबाट हिडेर सुस्ताको बाटो हुंदै नेपाल छिर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडि बस्ने ६५ वर्षका अब्दुल मिया र सलमान मियालाई नियन्त्रणमा लिएर स्थानीयले भारतीय प्रहरीको जिम्मा […]
प्रवास
भैरहवा, ९ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाले भारतसित सिमा जोडिएका नाकाबाट हुने आवागमन सोमबारदेखि बन्द गर्ने जनाएको छ । भारतीय नागरिक नेपाल आउने र नेपाली नागरिक भारतीय बजारमा जाने गरेका कारण गाउँपालिकाका जनता कोरोनाको जोखिममा पर्न सक्ने भन्दै पालिकासंग सिमा जोडिएका नाका बन्द गर्न लागेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । रोहिणी गाउँपालिकाका […]
बुटवल, ७ चैत । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेशनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको ८५ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका […]
बुटवल, ७ चैत । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई मृत्युदण्ड दिईएको छ । निर्भयाको सामुहिक बलात्कार घटनामा संलग्न पवन गुप्ता, विनय शर्मा, अक्षय कुमार सिंह र मुकेश सिंहलाई एकसाथ फाँसी दिईएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय समयअनुसार शुक्रबार बिहान ५ः३० बजे दिल्लीको तिहाड जेलमा उनीहरुलाई मृत्युदण्ड दिईएको हो । सन् २०१२ […]
करिव डेढ लाखका सामान बरामद बुटवल ६ चैत भारतको दिल्लीबाट नेपाल आउदै गररेको यात्रु बाहक बसमा भन्सार छली लुकाई ल्याउदै गरेको ठुलो परिमाणका सामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार सुरक्षा गस्ती) रुपन्देहीबाट खटिएको टोलीले दिल्लीबाट बुटवलतर्फ आउदै गरेको लु.२ ख. ३४८५ नम्बरको नेपाल भारत […]
बुटवल २ चैत विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध सचेतना गराउने गरि पश्चिम नेपाल बस व्यबसायी प्रालिले यात्रुको तापक्रम नापेर मात्रै यात्रा गराउने भएको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि यात्रुको तापक्रम नाप्न सुरु गरिएको प्रालिका अध्यक्ष दधिराम खरेलले बताउनु भयोे । पश्चिम नेपाल बस व्यबसायी प्रालिले आईतबार […]
बुटवल, ३० फागुन । नेपाली काँग्रेस रुपन्देही स्वास्थ्य विभागले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको सन्त्रास फैलिँदा समेत सरकारको तर्फबाट उचित कदम नचालेको भन्दै सरकारको ध्यानाकषर्ण गराएको छ । नेपाली काँग्रेस रुपन्देही स्वास्थ्य विभागले शुक्रबार एक विज्ञप्ती जारी गरि कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेकाले नेपालमा पनि सतर्कता […]
बुटवल २८ फागुन सत्यवती भलिबल क्लव नवलपरासिले प्रथम लाङ्गघाली कप पुरुप भलिवल प्रतियोगितामा च्याम्पियन बनेको छ । लाङ्गघालीयुवा परिवार तिलोत्तमा ८ द्धारा आयोजितप्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा लेखानी बाग्लुङलाई ३ – २ को सेटमा पराजित गर्दै सत्यबती च्याम्पियन बनेको हो । प्रतियोगिताको उपाधीजितेको सत्यवतीले नगद ५१ हजार १ सय ५१ सहीतकप, मेडल र प्रमाणपत्र प्राप्त […]
बुटवल, ९ फागुन । मानव कल्याण मित्र मञ्च नेपालले भारतमा नेपाल भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनकालागि भारतमा प्रचारात्मक कार्यक्रम गर्ने तयारी गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराउनु भयो । मञ्चका अध्यक्ष अर्यालका अनुसार मार्च ८ अन्तर्राष्ट्रिय […]
बुटवल ८, फागुन तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको चौथौ दिन विभिन्न विद्याका फाईनल खेलहरु सम्पन्न भएका छन । वोमन्स सिगलतर्फको खेलमा सलोनी तामाङले काठमाण्डौकी प्रकृति श्रेष्ठलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । प्रतियोगितामा भगवती बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए । यसैगरि ५५ वर्ष सिगलको उपाधि काठमाण्डौका बिमल […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]