Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ अतिक्रमित सीमाक्षेत्र फिर्ता गर: प्रजातान्त्रिक विचार समाज
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अतिक्रमित सीमाक्षेत्र फिर्ता गर: प्रजातान्त्रिक विचार समाज

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
अतिक्रमित सीमाक्षेत्र फिर्ता गर: प्रजातान्त्रिक विचार समाज
70
SHARES
ShareTweet


काठमाडौं २९ बैशाख
विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण मुलुक आक्रान्त बनिरहेको बेला नेपालको भूमि अतिक्रमण गरी लिपुलेकसम्म भारतले निर्माण गरेको सडकको हालै उद्घघाटन भएको घटनाप्रति प्रजातान्त्रिक विचार समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह के सीले विज्ञप्ति जारी गरी लिपुलेक नेपाली भूमि रहेको ऐतिहासिक तथ्य र प्रमाणहरु रहेको जनाउनु भएको छ् ।
सन् १८१६ मा ब्रिटिश भारत सरकार र नेपाल सरकारबीच भएको सुगौली सन्धि र यससँग सम्वन्धित अन्य सन्धिसम्झौता अनुसार लिपुलेक नेपालकै भूमि रहेको प्रस्ट हुन्छ ।
नेपाली भूमिमा सडक निर्माण गरेर भारतका रक्षामन्त्रीले उद्घघाटन गरे पछिमात्र थाहा पाएजस्तो गरी नेपाल सरकारको तर्फबाट ‘दुःखद् घटना’ भनी निकालिएको गम्भीरताहीन विज्ञप्तिले समाज थप आश्चर्यचकित भएको समाजद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली भूमि समेत गरी असी किलोमिटर लामो निर्मित सडक रातारात बनाएजस्तो बुझिने गरी आएको सरकारी प्रतिक्रिया लज्जास्पद रहेको छ ।
सडक बन्दासम्म थाहा नपाए जस्तै मौन बसेको नेपाल सरकार र प्रशासनिक संयन्त्र सार्वभौमिक राष्ट्रिय सीमा सुरक्षा गर्न असफल र असमर्थ रहेको यो घटना हो भन्ने विचार समाजको धारणा छ । यति ठूलो घटनाप्रति अन्जान रहनु र औपचारिक विज्ञप्ति निकालेर पन्छन खोज्नुलाई सरकारको लाचारीपनको पराकाष्टाको संज्ञा दिनु अन्यथा हुने छैन ।
तिब्बतस्थित धार्मिक क्षेत्र मानसरोवरसम्म पुर्याउने उद्देश्यले भारत सरकारले सन् २००३ मा यो सडक निर्माणको प्रक्रिया अघि बढाएको थियो । यस्तो गम्भीर विषयमा हालसम्म सरकार र परराष्ट्रका कर्मचारी मौन रहनु वा बेखवर देखिनुले हाम्रो कुटनीतिक सक्रियता कस्तो रहेछ भन्ने पनि प्रस्ट हुन्छ । भारत निर्मित यो सडकमा नेपालको भूमिक्षेत्र के कति मिचिएको हो भन्ने विषयका साथै हालसम्म सरकारले गरेका पहल र मिचिएको भूमि फिर्ता लिने विषयमा गरिने सरकारी प्रयास लगायत जानकारी पारदर्शी रुपमा सार्वजनिक गर्न प्रजातान्त्रिक विचार समाज सरकारसँग आग्रह गर्दछ ।
सुस्ता लगायत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको अतिक्रमण समेत भारत नेपालबीच लामो समयदेखि विभिन्न ठाउँमा सीमा विवाद रहदै आएको छ । दुई देशवीचको सीमा विवाद समाधान गर्ने उद्देश्यले दुईपक्षीय संयन्त्र बनाइएको भए पनि हालसम्म समस्या समाधानको विषयमा ठोस पहल नहुनु चिन्ताको विषय हो । नेपाल र भारतबीच सामाजिक र सांस्कृतिक सम्वन्धहरु ऐतिहासिक छन् तर, यो सम्वन्ध भूमि अतिक्रमण र थिचोमिचोलाई वैध ठहर्याउने प्रकृतिको बनाइनु हुदैन । साना,ठूला प्रत्येक मुलुकको स्वतन्त्रता र स्वाधीनता अक्षुण सार्वभौमिकता हो र यो कसैसँग सम्झौता हुने विषय पनि होइन ।
यस सन्दर्भमा छिमेकी मित्र भारतबाट अतिक्रमण भएको नेपालको भूमि फिर्ता गराउन नेपाल सरकारले सबै राजनीतिक दलको सहमति लिएर अघिबढ्नु पर्दछ । छिमेकी मित्रराष्ट्र भारतले पनि नेपाली सार्वभौमिकताको मर्यादा र रक्षा गर्न यसप्रकार चुक्नु हुदैन ।
यतिबेला नेपाली जनताको आवाजलाई मुखरित गर्ने सिंगो संस्था संसदको बैठक चलिरहेकाले जनप्रतिनिधि संस्था संसद र सांसद्हरुको एकीकृत ध्यान यस विषयमा गम्भीरतासाथ खिचिनु पर्दछ । गम्भीर छलफल गरेर भारतलाई अतिक्रमण नर्गन वा अतिक्रमित भूमि फिर्ता लिन कूटनीतिक माध्यमबबाट वातावरण बनाउन समेत संसदले नेपाल सरकारलाई निर्दे्शित गर्न जरुरी छ ।
सरकारले औपचारिकता मात्र पूरा गर्ने प्रकारको विज्ञप्ति प्रकाशित गरेर पुग्दैन, यसका लागि कुटनीतिक माध्यमबाट पहल गरी नेपालको भूमि सुरक्षित राख्ने वातावरण बनाउनु पर्दछ । साथै लिपुलेक नेपाली क्षेत्र रहेको ऐतिहासिक तथ्य सामु सन् २०१५ मा भारत र चीनवीच नेपालको सहभागिता विना लिपुलेकलाई व्यापारिक विन्दु बनाउन गरिएको सहमति पनि स्वीकार्य छैन ।
यस सन्दर्भमा नेपाली भूमि फिर्ता होस भनेर माग गरिरहेका विभिन्न पेशाकर्मी तथा विद्यार्थीहरुमाथि भइरहेको सरकारी धरपकड समेत तुरुन्त बन्द गरिनु पर्दछ ।
साथै गत शुक्रबार चिनियाँ नागरिकहरुले आफ्नो देश फर्किन पाउनुपर्ने माग लिएर सिंहदरवार अगाडि गरेको विरोध प्रदर्शनमा सुरक्षामा खटिएका प्रहरीमाथि भएको आक्रमणको घटना निन्दनीय रहेको विचार समाजको निष्कर्ष छ ।
चिनिया नागरिकले आफ्ना समस्याहरु आफ्नो सरकार वा दूतावास समक्ष राख्नुपर्नेमा लकडाउनको समयमा निषेधित क्षेत्रमा गरिएको यस किसिमको विरोध र प्रदर्शनले हाम्रो सार्वभौमिकता माथि धावा बोलिएको त होइन ? भन्ने प्रश्न उब्जाएको छ । यो कुन नियत हो ? सरकारले राम्रोसँग बुभ्mन जरुरी छ । संवेदनशील यस विषयमा चिनियाँ सरकारले आफ्ना नागरिकबाट भएको अमर्या्दित व्यवहारप्रति स्पष्ट धारणा सहित पश्चाताप गरिनुपर्ने देखिन्छ ।
प्रजातान्त्रिक विचार समाज नेपाल राष्ट्र राष्ट्रियतामाथि अन्यत्रबाट हुने अतिक्रमण वा अमर्या्दित कार्य रोक्न पुनः सबैमा जोडदार अपिल गर्दछ ।

≪ Previous Post

कपिलवस्तुमा थप १० जना कोरोना संक्रमित ,नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण

Next Post ≫

भावीयोजना : संमृद्धिका लागि विकास र विकासका लागि संमृद्धि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क