Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर : समाजवादी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर : समाजवादी

संसारपोस्ट संवाददाता · ४ जेष्ठ २०७७ · 0
भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर : समाजवादी
80
SHARES
ShareTweet

अत्यावश्यक वाहेकका सामान आयात रोक्न माग

बुटवल,४ जेठ । कोरोना संक्रमण भित्रिन नदिन नेपालमा सामान ढुवानी गर्ने ट्रक र कन्टेनरका चालक–सहचालकलाई निरोगिता प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न समाजवादी पार्टी रुपन्देहीले सरकारसंग माग गरेको छ । लकडाउनको समयमा पनि भारतका विभिन्न ठाउंबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चार सय देखि पांच सयजना भारतीय चालक र सहचालक बेलहिया नाका हुंदै नेपाल आउने गरेका छन् ।
नेपाल प्रवेश गर्ने उनीहरुको भन्सार विन्दुमा राम्रोसंग स्वास्थ्य चेकजांच नहुने र नेपालका विभिन्न जिल्लामा समुदायसम्म पुग्ने भएकाले कोरोना संक्रमणको डर भएकाले उनीहरुलाई हेल्थ सर्टिफिकेट अनिवार्य गर्न र सीमामा स्वास्थ्य जांच विश्वसनीय ढंगले गर्न समाजवादी पार्टीले माग गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ, औषधि सहित नेपालमा उपलब्ध नहुने सामान वाहेक अन्य सामान लकडाउन अवधिभर आयात रोक्न पनि माग गरेका छन् । भारतीय चालक र सहचालकले ट्रक र कन्टेनरमा यात्रु समेत बोक्ने गरेकाले कोरोना संक्रमणको जोखिम रहेको औंल्याउंदै समाजवादीले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग माग गरेको छ । ‘अहिलेको, अवस्थामा अत्यावश्यक बस्तु बाहेक सामान्य अवस्थामा जस्तै निर्वाध अन्य सामाग्रीहरूको आयात तत्काल रोक्न माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘भारतीय मालवाहक ट्रक र कन्टेनरलाई पनि भन्सार गेटमै पुर्णरुपमा सेनेटाइज गरिनुपर्छ ।’
रुपन्देहीको बेथरीमा दुईदिन अघि स्थानीयले भारतीय ट्रक र कन्टेनर नचलाउन माग गर्दै रोकेका थिए । तर प्रहरीले बल प्रयोग गरी स्थानीयलाई नै कुटपिट गरी चलाउन दिएको स्थानीयको आरोप छ ।

≪ Previous Post

कोरोनाको कहर: प्रदेश सभामा दर्शक दीर्घा नरहने

Next Post ≫

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवक कोरोना संक्रमित, कोरोनाबाट मृत्यु हुनेको संख्या दुई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क