Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ भारतीय अतिक्रमण विरुद्ध बुटवल र भैरहवामा प्रदर्शन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय अतिक्रमण विरुद्ध बुटवल र भैरहवामा प्रदर्शन

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
भारतीय अतिक्रमण विरुद्ध बुटवल र भैरहवामा प्रदर्शन
70
SHARES
ShareTweet


बुटवल, २९ वैशाख । नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति विभिन्न राजनीतिक दल तथा संघ संस्थाले बिरोध गरेका छन् । नेपाली भूमि लिपुलेकको पिथौरागढ हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरी सडकको उद्घाटन गरेको भन्दै विरोध गरिएको हो ।
भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रर्दशन गरेको छ । लिपुलेकको पिथौरागढ हुँदै चीनको मानसरोवर जोड्ने गरी निर्माण गरेको सडकको उद्घाटन गरेको विरोधमा शान्ति समाजले बुटवलको पुष्पलाल पार्कमा विरोध प्रर्दशन गरेको हो ।
भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सदभाव कायम गर, लिपुलेक सडक निर्माण तत्काल रोक, कुटनीतिक पहल तिब्र गर, नेपाल सरकार स्वेतपत्र जारी गर लगायतका प्ले कार्ड सहित समाजले विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले भारतले नेपालको भूमि पटक पटक मिच्ने गरेको र दक्षिण एसियामा भारतले साम्राज्यवादी प्रवृत्ति देखाएको आरोप लगाउनु भयो । यस विषयमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम नागरिकले सरकारलाई सहयोग गर्ने भन्दै उपसभापति खनालले सरकारले लिपुलेकसहितको नेपाली नक्सा सार्वजानिक गर्न र कालापानीबाट भारतीय सेनालाई फिर्ता गर्न खुट्टा कमाउन नहुने बताउनुभयो ।
शान्ति समाज रुपन्देहीका सभापति डि.पि.खनालले विश्वभर कोरोनाको त्रास, संक्रमण र संकट भएपनि मातृभूमिको सिमा मिचिदा त्यसै बस्न नसकिएकाले सामाजिक दूरी कायम राखेर विरोध प्रदर्शनमा उत्रिएको वताउनु भयो ।

भैरहवामा नेविसंघको विरोध प्रदर्शन


भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएको भन्दै नेपाल विद्यार्थी संघले आज (सोमबार) रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ सिद्धार्थनगरले नेपाली सीमा भारतले मिचेको विरोधमा भैरहवाका बुद्धचोक, नारायणस्थान, मिलनचोक, देवकोटाचोक, बैंकरोड लगायतका स्थानमा विरोध प्रदर्शन गरेको हो ।
नेपाली सीमा मिचिँदा समेत चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले थप शसंकित बनाएकोले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ सिद्धार्थनगर नगरसमितिका सभापति प्रतिक भण्डारीले बताउनु भयो ।
विरोध कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य लेखनाथ भट्टराईले नेपालको भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोवर पुग्ने सडक निर्माण गरी उर्दा समेत सरकार चुप बसेको आरोप लगाउनुभयो । सरकारले कुटनीतिक पहलमार्फत सीमा समस्याको समाधानतर्फ ध्यान नदिए कडा संघर्षमा उत्रिन बाध्य हुने उहांले बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन



नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ । कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको नेपालको भूमि भारतले अतिक्रमण गरेर सडक विस्तार गरेको भन्दै राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गरेको हो ।
कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको भू–भाग नेपालको नक्सामा राखेर सार्वजनिक गर्नुपर्ने बताउंदै आएको पार्टी राष्ट्रिय जनमोर्चाले सोमबार रुपन्देहीको बुटवलमा भारतको बिरोध गरेको हो । नेपाललाई सबै भन्दा बढी खतरा भारतबाट रहेकाले आफ्नो भूमि संरक्षणका लागि सबै नेपालीबीच एकता आवश्यक रहेको सो पार्टीका नेताहरुले बताएका छन् ।
बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतमले भारतले कालापानी क्षेत्रमा हस्तक्षेप गरेर बाटो बनाएको विषयलाई अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो । भारतले आफ्नो साम्राज्यबादी नीति अनुसार नेपालको स्वाभिमान र सार्वभौममाथि ठाडो हस्तक्षेप गर्दै आएकाले अब अन्तर्राष्ट्रिय अदालतमा जानुको विकल्प नरहेको बताउनु भभयो । दिन दाहाडै भारतले नेपाली भूमि मिचिरहंदा पनि सरकारले कुटनीतिक पहल गर्न नसक्नु दुःखको विषय रहेको बताउंदै उहांले तत्काल कुटनीतिक पहल गरेर समस्याको समाधान गर्न सरकारसंग माग गर्नुभयो । नेपालको भूमिमा सडक विस्तार गरेर उद्घाटन गर्दासमेत नेपाल सरकारले चाल नपाउनु गम्भीर विषय रहेको बताउंदै उहांले दुइ तिहाईको नामको कम्युनिष्ट सरकार भारतसंग बोल्न नसकेको आरोप लगाउनु भयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीले नेपालको लागि सबै भन्दा ठूलो खतरा भारत रहेकाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन सरकारसंग माग गर्नुभयो । कालापानी क्षेत्रबाट मानवसरोवर जोड्ने गरी भारतले विस्तार गरेको बाटो भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालमा चौतर्फी बिरोध शुरु भएको छ । कोरोनाको महामारीको बेला भारतले नियतबस नेपालको सहमति बिना कालापानी क्षेत्रमा सडक विस्तार र उद्घाटन गर्नु नेपालप्रति भारतको गलत नियत रहेको भन्दै भारतको चौतर्फी बिरोध हुन थालेको हो ।

≪ Previous Post

सीमानाकामा अलपत्र नागरिकलाई ततकाल उद्धार गर्न सत्ता वाहिरका दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

Next Post ≫

सैनामैनाले भारत तथा तेश्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क