Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनाले भारत तथा तेश्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्दै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनाले भारत तथा तेश्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्दै

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
सैनामैनाले भारत तथा तेश्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्दै
90
SHARES
ShareTweet

लकडाउनलाई थप कडाई गरिने



सैनामैना, २९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाले भारत तथा तेश्रो मुलुकमा रहेका नगरभित्रका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । नगरपालिकाको सोमबार बसेको विपद तथा प्रकोप ब्यवस्थापन समितिको बैठकले रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको तथ्याङ्क २ दिन भित्र संकलन गर्ने निर्णय गरेको हो । नगरको ११ वटै वडामा रहेका १ सय १९ वटा टोल विकास संस्थालाई २ दिन भित्र बाहिर रहेका नागरिकको तथ्याङ्क संकलन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
यसका लागि टोल विकास संस्थाका प्रतिनिधिहरु नगरका प्रत्येक घरघरमा पुगेर बाहिर भएका नागरिकको लगत संकलन गर्ने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । भारत तथा तेश्रो मुलकबाट नेपाल आउन चाहेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने र नेपाल आएकाहरुलाई राख्न क्वारेन्टाईन थप गर्ने र हालको क्वारेण्टाइनको क्षमता बृद्धि गर्ने तयारीमा नगरपालिका रहेको नगरप्रमुख कार्कीेको भनाई छ ।
छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र यसले जनमानसमा थप त्रासको वातावरण सिर्जना गरेको हुंदा यसको जोखिम र संक्रमणबाट बच्न र वचाउन सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ ।


नगरपालिका संग सीमा जोडिएको छिमेकी जिल्ला कपिलबस्तुमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनलाई थप कडाई गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराउनु भयो । विपद तथा प्रकोप ब्यवस्थापन समितिको बैठकले जेठ ५ गते सम्म नगरपालिकाबाट हुने आवातजावतमा थप कडाई गर्दै बैंक तथा वित्तीय संस्था र सहकारी चक्रिय प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ । सैनामैनामा रहेका बैंकका शाखा कार्यालयहरु आलोपालो हप्ताको २ दिन सामाजिक दुरि कायम गरि बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने छन् ।


नगर भित्रका विद्यालयहरुमा जेठ ३० गते कक्षा ८ को नतिजा प्रकाशन गर्ने र कक्षा १ देखि ९ सम्मका अन्य कक्षाको नतिजा ३१ गते प्रकाशन गर्ने गरी तयारी गर्न विद्यालयहरुलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।
यस्तै आवासीय मजदुर र बाहिरबाट आउने मजदुरहरुको स्वास्थ्य परीक्षण गराई निर्माण सामाग्रीको व्यवस्थापन गरी काममा लगाएर योजना कार्यान्वयन गर्ने निर्णय समेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनुभयो ।
४८ घण्टामा एकपटक अर्थात एक दिन विराएर बजार अनुगमन गर्ने र सैनामैना चक्रपथ तथा गौरवका आयोजनाहरुको निर्माण कार्यलाई प्राथमिकता दिई कार्यान्वयन गर्ने तथा चक्रपथ निर्माणमा प्रयोग भएका सवारी साधनहरुलाई निर्वाध रुपमा चल्ने ब्यवस्था मिलाइने उपप्रमुख बिना रानाले जानकारी दिनुभयो ।
यस्तै विहान वेलुका समय व्यवस्थापन गर्ने गरी अत्यावश्यक बाहेक निर्माण सामाग्रीका पसल बन्द गर्ने, निरीक्षण अनुगमनको क्रममा भेटिएका सवारी साधनको सवारी पास माग्ने, पानी, कृषिजन्य तथा विपद सामाग्री उत्पादन बाहेकका उद्योग सञ्चालन नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।
लकडाउनको मौका छोपी हुन सक्ने चोरी, तस्करी, वन अतिक्रमण, वन विनास, सार्वजनिक जग्गा अतिक्रमण तथा अन्य अवाञ्छित क्रियाकलापहरुको निगरानी र नियन्त्रण सम्बन्धि कार्य प्राथमिकताका साथ गर्ने लगायतका निर्णय भएको विपद तथा प्रकोप ब्यवस्थापन समितिले जनाएको छ ।

≪ Previous Post

भारतीय अतिक्रमण विरुद्ध बुटवल र भैरहवामा प्रदर्शन

Next Post ≫

कपिलस्तु जेठ ५ गते सम्म सिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क