Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कपिलस्तु जेठ ५ गते सम्म सिल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलस्तु जेठ ५ गते सम्म सिल

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
कपिलस्तु जेठ ५ गते सम्म सिल
60
SHARES
ShareTweet


कपिलवस्तु, २९ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेपछि आज देखि जेठ ५ गते सम्म जिल्लालाई सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको वैठकले आज (सोमबार) साँझ ५ बजेदेखि जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । भारतबाट आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो ।
कपिलबस्तुमा भारतबाट लुकिछिपी चोर बाटो हुँदै नेपाल प्रवेश गर्ने क्रम वढ्दै गएकोले आज सांझ ५ वजे देखि जेठ ५ गते मध्यराती १२ वजेसम्म जिल्लालाई पूर्ण रुपमा शिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सतर्कता अपनाउँदै जिल्लालाई सिल गर्ने निर्णय गरिएको उहांले वताउनु भयो ।
जिल्ला लाई सिल गर्ने निर्णय भएसंगै खाद्यान्न, तरकारी, फलफुल, दूध, पेट्रोलियम पदार्थ, ग्याँस, औषधी, पानी, पशुपंक्षीको दाना, एम्बुलेन्स, शव बाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनहरु बाहेक अन्य उद्योगधन्दा, कलकारखाना, निर्माणसंग सम्बन्धित कार्यहरु, व्यापार व्यवसाय आदिलाई पूर्ण रुपमा रोक लगाइएको प्रजिअ पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । उहाँका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) क र संक्रामक रोग ऐन २०२० को दफा २(१) बमोजिम यो निर्णय गरिएको हो । निर्णय पश्चात जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना पनि जारी गरेको छ । सूचनामा खाद्यान्न तथा तरकारी किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्मको समय छुट्याइएको उल्लेख छ । जिल्लामा कोरोना संक्रमित १५ पुगेका छन् ।

≪ Previous Post

सैनामैनाले भारत तथा तेश्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्दै

Next Post ≫

नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क