Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो
60
SHARES
ShareTweet

रुपन्देही र कपिलवस्तुका १२ जनामा संक्रमण पुष्टि



बुटवल, २९ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । सोमबार साँझ १३ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ र वुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ ४ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । उनीहरु २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष हुन् । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बर्दिया राजापुर नगरपालिका–५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
सोमबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका चार जना र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई जना भारतबाट लुकेर आएको खुलेको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीका अनुसार संक्रमण पुष्टि भएका ६ जना सम्वन्धित स्थानीय पालिकाको क्वारेण्टाइनमा रहेका छन् । उहांका अनुसार कोृरोना संक्रमण पुष्टि भएकाहरु केही दिन अघि सुरक्षाकर्मीलाई छलेर भारतवाट नेपाल भित्रिएका थिए ।
यस अघि संक्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका युवा पनि भारतवाट लुकेर भित्रिएका थिए ।

≪ Previous Post

कपिलस्तु जेठ ५ गते सम्म सिल

Next Post ≫

तिलोत्तमामा खाद्य पसल अब दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क