Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमामा खाद्य पसल अब दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा खाद्य पसल अब दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ने

संसारपोस्ट संवाददाता · ३० बैशाख २०७७ · 0
तिलोत्तमामा खाद्य पसल अब दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ने
110
SHARES
ShareTweet

तिलोत्तमा,३० वैशाख
मुलुकमा कोरोना संक्रमण बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनलाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ । नगरपालिकाको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकले मंगलबारदेखि लागू हुनेगरी लकडाउन कार्यान्वयनका सन्दर्भमा विभिन्न निर्णय गरेको हो ।
जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, संघ–संस्थाका प्रतिनिधिहरु सम्मिलित बैठकले सामाजिक दुरी कायम गरी खाद्यान्न, तरकारी, मलखाद, बीउबिजन, पशुपंक्षीको दाना, एग्रोभेट, पुस्तक÷स्टेशनरी तथा मासु पसलहरु हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।
यस्तै दुध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्ने पसल तथा डेरीहरु बिहान ६ देखि ८ र दिउँसो ३ देखि ५ बजेसम्म मात्र खोल्ने, बैंक तथा वित्तीय संस्था, सहकारीहरु बिहान १० देखि १ बजेसम्म खोल्न सकिने निर्णय समितिले गरेको छ । गैरखाद्य सामाग्री बिक्री गर्ने सबै प्रकारका पसलहरु पूर्णतः बन्द गर्ने, विद्यालय, कलेज, ट्युसन, कोचिङ तथा भाषा कक्षाहरु सञ्चालन नगर्ने निर्णय समितिको बैठकले गरेको छ ।
अत्यावश्यक सेवा र सरकारी काममा हिँडेका कर्मचारीले प्रयोग गरेका सवारीसाधन बाहेक सम्बन्धित निकायबाट पास नलिएका कुनै पनि सवारीसाधनहरु चलाउन नपाइने निर्णय समेत भएको बैठकपछि जारी सूचनामा उल्लेख छ । होटल, रेष्टुरेन्ट, चिया–नास्ता पसल, पार्टी प्यालेस, सैलुन, ब्युटीपार्लर, पिकनिकस्पर्ट, उद्यान, पार्क तथा हाटबजार सञ्चालन नहुने भएका छन् ।
मठ–मन्दिर, गुम्बा, मस्जिद लगायतका धार्मिक स्थलहरुमा कुनै किसिमका भजनर्कितन तथा सामूहिक पूजापाठ, प्रार्थना, मेला–महोत्सव नगर्ने÷नगराउने, कुनैपनि खेलकुद कार्यक्रम, फिटनेस क्लबहरु, स्वीमिङ पुल, जिम क्लब सञ्चालन नगर्ने निर्णय पनि भएको छ ।
विवाह, व्रतबन्ध, पूजा, भोजभतेर जस्ता कार्यक्रममा तोकिए भन्दा बढि व्यक्तिहरु जमघट नगर्ने÷नगराउने, मर्निङ तथा इभिनिङ वाक्को नाममा व्यक्तिको हिँडडुल तथा जमघट नगर्ने पनि जारी सूचनामा उल्लेख छ । सूचनाअनुसार नेपाल सरकारले तोकेबमोजिमका उद्योग, धन्दा, कलकारखाना, निर्माण कार्य गर्दा न्यूनतम संख्यामा कामदारहरु व्यवस्थापन गर्ने र कामदारहरुको सुरक्षाको व्यवस्थापन सम्बन्धित पक्षले गराउनुपर्नेछ ।

≪ Previous Post

नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो

Next Post ≫

नेकपाद्वारा तिलोत्तमाको राहत कोषमा सवा २ लाख प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क