Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेकपाद्वारा तिलोत्तमाको राहत कोषमा सवा २ लाख प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपाद्वारा तिलोत्तमाको राहत कोषमा सवा २ लाख प्रदान

संसारपोस्ट संवाददाता · ३० बैशाख २०७७ · 0
नेकपाद्वारा तिलोत्तमाको राहत कोषमा सवा २ लाख प्रदान
80
SHARES
ShareTweet


तिलोत्तमा, ३० बैशाख
कोरोना संक्रमण रोकथाम गर्न तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले २ लाख २० हजार २५० रुपैयाँ सहयोग प्रदान गरेको छ ।
राहत रकमको चेक नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालले मंगलबार नगर प्रमुख वासुदेव घिमिरेलाई प्रदान गरेका हुन् ।
त्यस अवसरमा अध्यक्ष चापागाईंले नगरका पार्टी सदस्यहरुको तर्फबाट कोरोना रोकथाम गर्न तिलोत्तमा नगरपालिकाको कोषमा सहयोग गरिएको जानकारी दिनु भयो । “विश्वभर फैलिएको कोरोना महमारी रोकथाम गर्न हाम्रो पार्टी नगर सरकारसँग हातेमालो गरेर अघि बढिरहेको छ”–उहाँले भन्नु भयो ।
नगरप्रमुख वासुदेव घिमिरेले यसअघि नै राहत कोषमा ९५ लाख रुपियाँ नगद सहयोग प्राप्त भएको र ३ हजार ८ सय जनालाई राहत वितरण गरिसकिएको बताउनु भयो । नेकपा तिलोत्तमा नगरमा क्रियाशिल ४ हजार ४०५ पार्टी सदस्यहरुमध्ये प्रत्येकबाट ५० रुपियाँ पर्ने गरि उक्त राहत रकम प्रदान गरिएको नेकपा नगर कार्यालय सदस्य मिनप्रसाद पोखरेलले जानकारी दिनु भयो ।
चेक हस्तान्तरणको क्रममा नेकपा तिलोत्तमा नगर इन्चार्ज श्याम खरेल, सहइन्चार्ज वेद गिरी लगायत पार्टी कार्यकर्ताको उपस्थिति रहेको थियो ।

≪ Previous Post

तिलोत्तमामा खाद्य पसल अब दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ने

Next Post ≫

एकै दिन मंगलवार५७ जनामा कोरोना संक्रमण भेटियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क