Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सीमानाकामा अलपत्र नागरिकलाई ततकाल उद्धार गर्न सत्ता वाहिरका दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सीमानाकामा अलपत्र नागरिकलाई ततकाल उद्धार गर्न सत्ता वाहिरका दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

संसारपोस्ट संवाददाता · २९ बैशाख २०७७ · 0
सीमानाकामा अलपत्र नागरिकलाई ततकाल उद्धार गर्न सत्ता वाहिरका दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
110
SHARES
ShareTweet

लिपुलेकमा भारतले बाटो निर्माण गरेको प्रति आपत्ति


बुटवल २९ वैशाख । सरकार वाहिर रहेका रुपन्देहीका राजनीतिक दलहरुले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई उद्धार गर्न सरकारसंग माग गरेका छन् ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्व तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा सोमबार भैरहवामा सम्पन्न सर्वदलीय बैठकले अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनेतर्फ सरकारले जिम्मेवारी पुरा नगरेको निष्कर्ष निकाल्दै तत्काल उद्धार गर्न माग गरेका छन् । अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनेतर्फ सरकारले जिम्मेवारी पुरा नगरेको आरोप समेत उनीहरुले लगाएका छन ।
नेपाल भारत सीमामा तथा विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनुपर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले सीमामा अलपत्र नागरिकलाई आधिकारिक बाटो खोलेर स्वास्थ्य परीक्षण गराई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् ।
खासगरी नेपाल भारत सीमा खुल्ला भएको र हजारौं नेपालीहरु भारतमा अलपत्र अवस्थामा रहेकाले लुकीछिपी नेपाल प्रवेश गर्दा कोरोनाको जोखिम समेत बढ्ने भएकाले नेपाल सरकार नागरिकप्रति जिम्मेवार भई विदेश तथा भारतको सीमानामा अलपत्र परेका नागरिकलाई उद्दार गर्नुपर्ने बैठकले ठहर गरेको हो ।
रुपन्देहीको सीमावर्ती क्षेत्रमा १ हजार ४ सय बढी नेपाली अलपत्र रहेका छन् । ति मध्ये केही क्वारेन्टाईनमा रहेका छन् भने आधा भन्दा बढी सडक किनारामा अलपत्र अवस्थामा रहेका छन् । सीमा क्षेत्रमा रहेका नेपालीको अवस्था अत्यन्त दयनिय रहेको छ ।
त्यस्तै बैठकले कोरोना भाइरसको संक्रमणले गर्दा मुलुक लकडाउनमा रहेकाले खेतीपातीको सिजनमा किसानलाई मलखाद, बिउबिजन लगायत कृषिजन्य सामाग्री अविलम्ब उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
बैठकमा नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांण, जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, कांग्रेस तिलोत्तमा–१४ वडा सचिव प्रेम बहादुर थापा, जनता समाजवादी पार्टीका रामअवतार यादव, अजय वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही अध्यक्ष सागर प्रताप राणा, ताहिर अली, ने.क.पा (क्रान्तिकारी माओवादी)का मोजिब अली, राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष प्रेम कुमार थापा, राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ता, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य टिपु सुल्तान, राप्रपा रुपन्देही युवा संगठनका सभापति शंकर खत्री, जनता समाजवादी पार्टीका मोहनलाल यादव र सन्तोष कुमार दुवेको सहभागिता रहेको थियो ।
त्यस्तै बैठकले सन् १८१९ को सुगौली सन्धिबाट महाकालीपूर्व लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भुभाग हुन भन्ने प्रमाणित हुँदाहुँदै भारतले नेपाली भुभागलाई विवादित बनाई अहिले बाटो निर्माण गरी उद्घाटन गरेको प्रति आपत्ति जनाएको छ ।
यसैबीच रुपन्देहीका राजनीतिक दलहरुले विदेश तथा नेपाल भारतको सीमामा अलपत्र नागरिकहरुलाई उद्दार गर्नुपर्ने सहित ४ बुँदे माग राख्दै प्रधानमन्त्री केपी. ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

≪ Previous Post

श्रमिक, मजदुर परिवारको चुल्हो बाल्दै ‘बेटर व्रिक नेपाल’

Next Post ≫

भारतीय अतिक्रमण विरुद्ध बुटवल र भैरहवामा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क